पीपीएलमा आज बुटबल र विराटनगर भिड्दै « Khabarhub

पीपीएलमा आज बुटबल र विराटनगर भिड्दै


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज (बुधबार) लिग चरणको अन्तिम एक खेल हुदैछ ।

बुटबल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच हुने खेल बिहान ११ बजे शुरु हुनेछ । यसअघिनै प्लअफमा स्थान पक्का भएको बुटबललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ ।

बुटबल ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पाँचौ स्थानको विराटनगरको ४ खेलबाट २ अंक छ । तेस्रो स्थानको काठमाडौंको ४ अंक छ । नेट रनरेटमा कमजोर देखिएको काठमाडौंलाई उछिन्दै तेस्रो स्थानमा उक्लिने मौका विराटनगरलाई छ ।

चितवन प्रतियोगितामा अपराजित रहँदै प्रतियोगिताको फाईनल पुगिसकेको छ । बुटबल ब्लास्टरले समेत ईलिमिनेटर राउण्डमा स्थान पक्का गरिसकेको छ ।

तेस्रो स्थानमा रहने टोलीले बुटबलसँग ईलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्नेछ । काठमाडौं ४ अंक सहित प्लेअफको नजिक छ । तर नेट रनरेटमा सुधार गर्दै विराटनगरसँग काठमाडौंलाई उछिन्ने अन्तिम अवसर छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : २२ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ