ए डिभिजन लिगमा आज २ खेल : मछिन्द्र र फ्रेन्ड्स तथा च्यासल र एनआर भिड्ने « Khabarhub

ए डिभिजन लिगमा आज २ खेल : मछिन्द्र र फ्रेन्ड्स तथा च्यासल र एनआर भिड्ने


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुदैछ । पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स दशरथ रंगशालामा मध्यान्न १२ बजे भिड्नेछन् । लिगमा अंक विहिन रहेको फ्रेन्ड्सलाई हराउँदै ३ अंक जोड्ने अवसर मछिन्द्रलाई छ ।

पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मछिन्द्रले दोस्रो खेलमा च्यासलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

मछिन्द्र ३ अंक सहित तालिकको पाँचौ स्थानमा छ । अंक विहिन फ्रेन्ड्स १३ औं स्थानमा छ ।

यस्तै, दोस्रो खेलमा च्यासल र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् । च्यासल लिगको अर्को दाबेदार टिमको रुपमा देखिएको छ । पहिलो खेलमा संकटालाई २–० ले हराएको उसले दोस्रो खेलमा मछिन्द्रसँग अन्तिम समयमा अंक बाँडेको थियो ।

भेट्रान फरवार्ड सन्तोष शाहुखल नेतृत्वमा रहेको च्यासलले राष्ट्रिय टिमका केही अनुहार समावेश गर्दै सन्तुलित टिम बनाएको छ । तीन जापानी खेलाडीको प्रभावमा च्यासलले नयाँ सिजनको लिगमा राम्रो नतिजा निकाल्ने देखाएको छ ।

दोस्रो स्थानको च्यासलको २ खेलबाट ४ अंक छ । एनआरटी एक अंक सहित तालिकाको दशौं स्थानमा छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : २७ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको