मोडलिङमा लगाइदिने भन्दै युवती बेच्न खोज्ने ७ जना पक्राउ | Khabarhub Khabarhub

मोडलिङमा लगाइदिने भन्दै युवती बेच्न खोज्ने ७ जना पक्राउ


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोडलिङमा लगाइदिने भन्दै युवती बेच्न खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतमा लगेर युवती बेच्ने योजना बनाउँदै गरेको अवस्थामा उनीहरूलाई मोरङको बुढीगंगा गाउँपालिका-१ बाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराजका ४० वर्षीय उमेश शाह, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी पक्राउ गरि विहीवार सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरूबाट प्रहरीले नगद १ लाख ९ हजार ५ सय रूपैयाँ समेत बरामद गरेको जनाएको छ । यसका साथै सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार रुपैयाँको चेक चाँदीको जन्तर २ थान समेत बरामद भएको छ ।

यसैगरी कृष्ण तामाङका नाममा रहेका विभिन्न बैंकले जारी गरेका ७ थान एटिएम तथा तान्त्रिक पूजाका सामग्री समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिइएको पाइएको प्रहरीले जनाएको छ ।

भारत बिहारको मन्दिरमा रहेका एक बाबाले एक ६ फिट उचाइकी युवतीलाई बिहारमै बलि दिनका लागि नेपाली व्यक्तिहरुलाई परिचालन गरेको र युवती ल्याउने व्यक्तिहरुलाई मोटो रकम दिने आश्वासन दिई केही रकमसमेत दिइसकेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ७ जनालाई जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ११ बजे

‘राज्यको सञ्चित कोषबाट रकम नजुट्दा पूर्वाधार निर्माणको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण’

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यले पूर्वाधारमा लगानी गर्न

‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरि पुष्करले

आफैंले बनाएको मदन भण्डारी फाउन्डेसनमाथि खनिए ओली, ‘पाखण्डी’ले ठगी खाने भाँडो बनाएको आरोप

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी

दिल्लीका बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश

नयाँ दिल्ली- कुकुरको टोकाइमा वृद्धिपछि भारतको सर्वोच्च अदालतले सोमबार सार्वजनिक

भक्तपुरमा मनाइयो चण्डेश्वरी जात्रा (तस्बिरहरू)

काठमाडौं– श्रावण २६ गते, २०८२ सोमबार, भक्तपुर–५, चासुखेलमा चण्डेश्वरी १२