कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कर्मचारीले आन्दोलन सुरु गरेका छन् ।

तलव, सेवासुविधामा भेदभाव भइरहेको हुँदा अस्पतालमा कार्यरत २२९ कर्मचारीलाई स्थायी गर्न माग गर्दै कर्मचारीले आन्दोलन सुरु गरेका हुन् ।

प्रतिष्ठानलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले यस सम्बन्धी प्रस्ताव यही पुस १४ गते बस्ने सिनेटको बैठकमा लैजान माग गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ, “कर्णालीकै स्वास्थ्य क्षेत्रको धरोहर र सम्पत्ति मानिने प्रतिष्ठानमा लामो समयदेखि कार्यरत करारका कर्मचारीलाई स्थायी गरिनुपर्ने र यस सम्बन्धी प्रस्ताव यही पुस १४ गते बस्ने सिनेट बैठकमा लैजान अनुरोध गरेको छ ।”

यो विषयमा सुनुवाइ नभएमा यही पुस ११ गतेबाट नै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिष्ठानको नियमावली २०५९ अनुसार परीक्षा सञ्चालन गरी स्थायी गरिने व्यवस्था भए पनि बेवास्ता गर्दै प्रतिष्ठान धरापमा पार्न थालिएको कर्मचारीको गुनासो छ ।

यसअघि ८५ कर्मचारी स्थायी गरिएको भए पनि आफूहरुलाई विभेद गरिएको प्रतिष्ठानका कर्मचारी कविन्द्र महतले बताए । अस्पतालको सिनेट बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बताइएको छ ।

रामाकान्त उपाध्यायको संयोजकत्वमा संघर्ष समिति गठन गरेर करारका कर्मचारी आन्दोलित भएका छन् । स्थायीका लागि लोकसेवा आयोगले परीक्षा लिने परिपत्र भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : २७ बजे

उपत्यकामा सडक जलमग्न

काठमाडौं– लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्

उत्पादन र रोजगारी बढाउन राष्ट्रपतिको जोड

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहाना र आकांक्षालाइ सम्बोधन

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव

बिरामी हुनु अपराध होइन प्रधानमन्त्रीज्यू, जनताको उपचारमा थप करको भार किन ?

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले चालु आर्थिक वर्ष २०८३/८४