मेक्सिकोको नाइट क्लबमा गोली चल्दा १५ जनाको मृत्यु | Khabarhub Khabarhub

मेक्सिकोको नाइट क्लबमा गोली चल्दा १५ जनाको मृत्यु


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोमा एक नाइट क्लबमा गोली चल्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मेक्सिकोका गुआनाहुवातो राज्यको सालामाङ्का शहरमा भएको हिंसामा अरु ७ जना घाइते भएका छन् ।

तीन वटा भ्यानमा आएका बन्दुकधारीले सालामाङ्का शहरको ला प्लेला मेन्स क्लबमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार शनिबार सबेरै भएको घटनामा कुन समूहको हात छ भन्ने स्पष्ट नभएपनि त्यस क्षेत्रमा तेल चोर्ने आपराधिक ग्याङ्गले हिंसा मच्चाउँदै आएको बताइएको छ ।

पछिल्लो साता मेक्सिकोका राष्ट्रपति आन्दे्रस म्यानुअल लोपेज ओब्रादोरले आपराधिक ग्याङ्गका नाइके एल मोरो भनेर चिनिने होजे एन्टोनियो येपेजलाई पक्राउ गर्न ठूलोस्तरको कारवाहीको घोषणा गरेका थिए ।

राज्यको प्रहरीले जारी गरेको विज्ञप्तिमा १३ जनाका घटनास्थलमै मृत्यु भएको तथा अन्य दुई जनाको उपचारका क्रममा अस्वतालमा मृत्यु भएको जनाइएको छ ।

पछिल्लो हिंसा भएको गुआनाहुवातो राज्यमा केही समययता लागूऔषध तस्कर ग्याङ्ग तथा स्थानीय आपराधि समूहबाट हुने हिंसा तथा अपराधमा तीब्र बृद्धि भएको बताइन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ३ : २८ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा