१०० जना सवार विमान दुई तले घरमा ठोकिँदा १४ जनाको मृत्यु | Khabarhub Khabarhub

१०० जना सवार विमान दुई तले घरमा ठोकिँदा १४ जनाको मृत्यु


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काजकिस्तान– काजकिस्तानमा १०० मानिस सवार विमान दुर्घटना भएको छ । अधिकारीहरुका अनुसार जसमध्ये १४ जनाको मृत्यु भएको छ ।

हवाई अड्डाका अधिकारीहरुका अनुसार शुक्रवार विहान अल्माटी विमानस्थलबाट उडान भरेको केही समयमा नै बेक एयरको विमान दुर्घटनामा परेको थियो ।

अहिले सम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानस्थलले बताए अनुसार घाइतेहरुलाई बाहिर निकालिरहिएको छ ।

यो विमान काजकिस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट देशको राजधानी नूरसुल्तान जाँदै थियो ।

विमानस्थलका अनुसार विमानमा ९५ यात्रू र चालक दलका पाँच सदस्य थिए ।

दुई तले घरमा ठोकिनु अघि स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा विमानले नियन्त्रण गुमाएको थियो । विमानमा आगलागी भएको कुनै समाचार नआएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ११ : ०४ बजे

गृहमन्त्रीलाई अमनलाल मोदीको प्रश्न- समिति बनिसकेपछि राजीनामा किन दिनुभएन ? 

काठमाडौं– प्रमुख प्रतिपक्षी अमनलाल मोदीले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारी सम्मको यात्रा सम्पन्न

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्मको केटूके ड्राइभ सम्पन्न गरेका

नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार

काठमाडौँ – नेपालमा सौर्य ऊर्जाका उपकरण बेचबिखन र जडान गर्ने

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

एजेन्सी– तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु