पीपीएलको उपाधीका लागि चितवन र विराटनगर भिड्दै « Khabarhub

पीपीएलको उपाधीका लागि चितवन र विराटनगर भिड्दै


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज (शनिबार) चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुदैछ ।

पारस खड्काको नेतृत्वमा रहेको चितवन पहिलो संस्करणको फाईनल खेलेको टिम हो । यता, पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप ऐरीको विराटनगर गत संस्करण पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।

पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप फाईनल भिडन्तलाई लिएर निकै उत्साहित छन् । पछिल्लो खेलमा समातेको लयलाई विराटनगरले फाईनल खेलमा निरन्तरता दिन चाहेको कप्तान ऐरी बताउँछन् ।

यता, चितवनका कप्तान पारस खड्का गत संस्करणमा समेत फाइनल खेलेका कारण यसपटक अघि बढ्ने लक्ष्य लिएको बताउँछन् । लिग चरणमा चितवनले विराटनगरलाई १८ रनले पराजित गरेको थियो ।

लिगमा अपराजित रहेको चितवन फाईनल खेलमा समेत सोही लयलाई निरन्तर दिने लक्ष्यमा छ । चालू संस्करणमा चितवन सुरुवात देखिनै उपाधि लक्ष्यमा दृढ देखिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ६ : ४३ बजे

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका

बर्खा लाग्यो, हिउँ पर्न छाडेन

मुस्ताङ– हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ– बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न

१८ सय बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम– सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि इलामको