जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ : प्रधानमन्त्री « Khabarhub

जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ : प्रधानमन्त्री


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यति समूहलाई जग्गा लिजमा दिइएको बारे छानविन हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले पहिलेको मितिमा दिइकएको कुरामा अहिलेको सरकारलाई जोड्ने काम भएको भन्दै विरोधको प्रतिवादसमेत गरे ।

सत्तारूढ दल नेकपानिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको दाबी गरे ।

‘कुन जमानामा सगरमाथा आरक्षको जग्गा लिजमा दिएको हो ? चुनाव हारिसकेपछि अल्पमतमा परेको सरकारका बेला बदमासी भएको छ,’ प्रधानमन्त्रीले भने ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर अहिलेको सरकार कमिशनखोर होइन, जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ।’

प्रधानमन्त्री ओलीले पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा दिइएको दाबी गरे । तर अहिले स्वतन्त्र विज्ञको सुझावका आधारमा सो जग्गा लिजमा दिइएको ओलीको भनाइ थियो । ‘अवधि बाँकी रहँदै बन्द नहोस् भनेर लिजमा दिइएको हो’ ओलीले भने ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ३ : ०९ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)