भ्रमण वर्ष २०२० : चाँगुनारायण नगरकोट पदयात्रा « Khabarhub

भ्रमण वर्ष २०२० : चाँगुनारायण नगरकोट पदयात्रा


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी नगरकोट नाल्दुम पर्यटन विकास समितिले शनिवार चाँगुनारायण नगरकोट पदयात्रा सम्पन्न गरेको छ ।

भ्रमण वर्षका लागि पदमार्गको पहिचान गरी विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर परिसरबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म आयोजना गरिएको पदयात्राको ३ नं प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गर्दै अथाह पर्यटकीय सम्भावना बोकेको भक्तपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन सबै लाग्नुपर्ने बताए ।

चाँगुनारायण मन्दिरबाट शुरु भएको आठ किलोमिटर लामो पदयात्रा सहभागी स्वदेशी तथा विदेशी पर्यटकले यहाँका विभिन्न सम्पदा क्षेत्र, हिमाली दृश्य, ग्रामीण परिवेश, जङ्गली पशुपक्षीको अवलोकन गर्दै नगरकोट पुगेर सम्पन्न भएको समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

उनले आगामी जनवरी १ मा नगरकोटबाट ‘सूर्यको पहिलो झुल्को’ भन्ने नाराका साथ कार्यक्रम गरिने र आगामी माघ ११ गतेदेखि तीन दिनसम्म नगरकोट महोत्सव आयोजना गरिने पनि बताए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : ४९ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो