वर्नलीविरुद्ध म्यान्चेष्टर युनाईटेड विजयी « Khabarhub

वर्नलीविरुद्ध म्यान्चेष्टर युनाईटेड विजयी


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड शीर्ष चार नजिक पुगेको छ । शनिबार राति भएको खेलमा वर्नलीमाथि जित निकाल्दै युनाईटेड तालिकाको शीर्ष चार नजिक पुगेको हो ।

वर्नलीको घरेलु मैदानमा युनाईटेडले २–० को जित निकाल्न सफल रह्यो । युनाईटेडको जितमा एन्थोनी मार्टियल र मार्कोस रासफोर्डले एक एक गोल गरेका थिए ।

खेलको ४४ औं मिनेटमा मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्ता दिलाए । रासफोर्डले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै युनाईटेडको जित निश्चित गरेका थिए ।

युनाईटेडले पछिल्लो ६ खेलमा १३ अंक बटुल्न सफल भएको छ । र ३१ अंक सहित तालिकाको पाँचाै स्थानमा उक्लिएको छ ।

वर्नली २४ अंक सहित तालिकाको १३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ३७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार