महिलालाई ठक्कर दिएर भागेको टिपर लुकाएर राखिएको अवस्थामा फेला « Khabarhub

महिलालाई ठक्कर दिएर भागेको टिपर लुकाएर राखिएको अवस्थामा फेला


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको मिनभवनमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको टिपर फेला परेको छ ।

काठमाडौं महानगरपालिका-३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको थियो ।

पहिचान नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

महिलालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको थियो । सामान खन्याएर लुकाएर राखिएको अवस्थामा टिपर भेटिएको प्रहरीले जनाएको छ । तर चालक फरार भएका कारण उनको हुलिया बनाएर खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय टिफरले ठक्कर दिँदा धेरै पैदल यात्रु र सवारी चालकले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १ : १० बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न