ए डिभिजन लिग: चौथो चरणका खेल सोमबारदेखि एन्फामा हुने « Khabarhub

ए डिभिजन लिग: चौथो चरणका खेल सोमबारदेखि एन्फामा हुने


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा भोलि (सोमबार) देखि चौथो चरणका खेल सुरु हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चौथो संस्करणका खेल सातदोबाटोस्थित एन्फा मैदानमा गर्ने जानकारी दिएको छ ।

तीन चरणसम्मका खेल केही दशरथ रंगशालामा र केही एन्फा मैदानमा भएका थिए । तर, चौथो संस्करणका सबै खेल एन्फा मैदानमा हुनेछन् ।
एन्फाले कारण नखुलाएपनि नेपाल सरकारले भ्रमण बर्ष २०२० को उद्घाटन त्रिपरेश्वरस्थित दशरथ रंगशालामा गर्न लागेका कारण चौथो चरणका खेल सातदोबाटोमै गर्न लागिएको हो ।

चौथो चरणको पहिलो खेलमा न्यु रोड टिम एनआरटी र मछिन्द्र क्लबबीचको प्रतिस्पर्ध हुनेछ । खेल बिहान ११ बजेर ३० मा सुरु हुने तालिका रहेको छ ।

६ अंकसहित मन्द्रि क्लब लिगको तेस्रो स्थानमा रहेको छ भने एनआरटी ४ अंकसहित छैठौं स्थानमा छ ।

सोमबार दोस्रो खेलमा फ्रेन्डस क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्र्धा हुनेछ । लिगमा अपराजित रहेको मनाङ ९ अंकसहित शीर्ष स्थानमा छ भने फ्रन््स क्बलले लिगको अंक तालिकामा खाता खोल्न सकेको छैन् ।

मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : ४० बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक