राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाइने « Khabarhub

राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाइने


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाउने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मन्त्रालयमा बसेको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

आगामी माघ २ गते भक्तपुरको दरबार क्षेत्रमा २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यरूपमा आयोजना गर्ने र कार्यक्रमकोे जिम्मेवारी भक्तपुर नगरपालिकालाई दिने निर्णय गरेको नगर प्रमुख प्रजापतिले बताए ।

गृहमन्त्री थापाले भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति पुगेका सम्पदा र भग्नावशेष अझ पुनःनिर्माण नभएकामा चिन्ता व्यक्त गर्दै सम्बन्धित सरोकारवालासँग समन्वय गरी जनसमुदायलाई जनचेतना अभिवृद्धि गर्ने गरी भव्य र प्रभावकारी रूपमा दिवस मनाउने जिम्मेवारी भक्तपुर नगरपालिकालाई दिएको बताए ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगर २०७२ सालको भूकम्पले बढी क्षति पुगेको ठाउँ भएको बताउँदै १ सय १६ वटाभन्दा बढी क्षतिग्रस्त सम्पदामध्ये हाल नगरपालिकाले ९१ वटा सम्पदा पुनःनिर्माणको काम सम्पन्न गरिसकेको बताए । उनले सम्पदा बस्तीका घर पुरानै शैलीमा निर्माण गराउने नीति बनाउँदै अनुदानको व्यवस्था गरिरहेको बताए ।

 

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ५ : ५२ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम