राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाइने | Khabarhub Khabarhub

राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाइने


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाउने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मन्त्रालयमा बसेको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

आगामी माघ २ गते भक्तपुरको दरबार क्षेत्रमा २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यरूपमा आयोजना गर्ने र कार्यक्रमकोे जिम्मेवारी भक्तपुर नगरपालिकालाई दिने निर्णय गरेको नगर प्रमुख प्रजापतिले बताए ।

गृहमन्त्री थापाले भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति पुगेका सम्पदा र भग्नावशेष अझ पुनःनिर्माण नभएकामा चिन्ता व्यक्त गर्दै सम्बन्धित सरोकारवालासँग समन्वय गरी जनसमुदायलाई जनचेतना अभिवृद्धि गर्ने गरी भव्य र प्रभावकारी रूपमा दिवस मनाउने जिम्मेवारी भक्तपुर नगरपालिकालाई दिएको बताए ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगर २०७२ सालको भूकम्पले बढी क्षति पुगेको ठाउँ भएको बताउँदै १ सय १६ वटाभन्दा बढी क्षतिग्रस्त सम्पदामध्ये हाल नगरपालिकाले ९१ वटा सम्पदा पुनःनिर्माणको काम सम्पन्न गरिसकेको बताए । उनले सम्पदा बस्तीका घर पुरानै शैलीमा निर्माण गराउने नीति बनाउँदै अनुदानको व्यवस्था गरिरहेको बताए ।

 

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ५ : ५२ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का