चेल्सीसँग घरेलु मैदानमा हार्‍यो आर्सनल « Khabarhub

चेल्सीसँग घरेलु मैदानमा हार्‍यो आर्सनल


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा आर्सनललाई स्तव्ध पार्न जोर्गीन्हो र टामी अब्राहमले एक एक गोल गरेका थिए ।

आर्सनलको इमिरेट्स स्टेडियममा सुरुवाती अग्रता भने आर्सनलले खेलको १३ औं मिनेटमा पिएरे एम्रिक औवामियाङको गोलबाट बनाएको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र दुई गोल गर्दै चेल्सीले जित निकालेको हो ।

खेलको ८३ औं मिनेटमा जोर्गीन्होले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८७ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसँगै चेल्सीले २० खेलबाट ३५ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । २४ अंक जोडेको आर्सनल १२ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : ३६ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक