वडामा सचिव पाउनै मुस्किल– सामान्य कामका लागि पनि घण्टौं हिँड्नुपर्ने वाध्यता « Khabarhub

वडामा सचिव पाउनै मुस्किल– सामान्य कामका लागि पनि घण्टौं हिँड्नुपर्ने वाध्यता


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सिंहदरबारको सेवा गाउँघरमै भनेर मुलुक सङ्घीय संरचनामा गइसकेपछि सबै सेवा गाउँमै पाइन्छ भनेर उत्साहित नागरिक निराश हुन थालेका छन् । गाउँमै पाइने सेवासमेत घण्टौँ हिँडेर पालिका मुकाम पुगेर लिनुपर्ने भएको छ । यो बाध्यता बैतडीको तल्लोस्वराडमा रहेको मेलौली नगरपालिकाको हो । मेलौली नगरपालिकाका नौवटै वडामा सचिव छैनन् । सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

वडा कार्यालयमा सचिव नहुँदा समस्या भएको मेलौली–७ का केशवसिंह भाटको गुनासो रहेको छ । ‘वडामा हुने कामका लागि नगरपालिका धाउनुपर्ने बाध्यता छ,’ उनले भनु, ‘गाउँमा कर्मचारी नहुँदा समस्या भएको छ ।’ कर्मचारी समायोजनपश्चात नगरपालिका र वडामा कर्मचारी अभाव रहेको हो ।

वडामा सचिव नहुँदा प्राविधिक सहायकलाई खटाएर कामकाज गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘पञ्जीकरणका विभिन्न काममा सचिवलाई मात्रै हस्ताक्षर गर्ने अधिकार छ,’ उनले भने, ‘एकजनाले नगरपालिकामै बसेर नौवटै वडाको काम गर्नुपर्ने बाध्यता रहिआएको छ ।’ वडामात्रै नभएर नगरपालिकामा पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा दैनिक कामकाजमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ ।

स्थानीय तह स्थापना भएदेखि नै नगरपालिकाले सचिवको अभाव झेलिरहेको नगरप्रमुख कृष्णसिंह नायकले बताए । उनले भने, ‘कर्मचारीको अभावमा नगरपालिकाका सेवा प्रभावित भएका छन् ।’ कर्मचारी अभावमा नागरिकले चाहेजस्तो सेवा दिन कठिनाइ भएको नगरप्रमुख नायकको भनाइ छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १० : ५९ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रिय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रिय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.