सार्कक‍ो भविष्य भारतमा निर्भर ! | Khabarhub Khabarhub

सार्कक‍ो भविष्य भारतमा निर्भर !



दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’, दक्षिण एशियाका ७ देश मिलेर १९८५ मा स्थापित भएको थियो ।

यो अस्तित्वमा आएको ३० बर्षभन्दा बढी बर्ष बित्न लाग्दा अब यो एक समयको निक्कै जल्दोबल्दो र आशलाग्दो महत्वपूर्ण क्षेत्रीय सहयोग संगठनले आफ्नो सार्थकता गुमाउन लागेको स्थितिबाट गुज्रिरहेको छ ।

यसको अस्तित्वमाथि नै अहिले गम्भीर खतराको बादल मडारिन थालेको छ । अग्रेजीमा यसको नाम ‘साउथ एशियन एशोशिएशन फर रिजनल को–अपरेशन रहेको र त्यसैको छोटकरी नाम ‘एसएएआरसी’ अर्थात ‘सार्क’ शब्द नै यसको पहिचान बनेको थियो ।

अनि यसले आफ्नो अस्तित्वको दुइ दशक पुग्दै गर्दा यो संगठन निकै लोकप्रिय पनि भएको थियो । आफ्ना गतिबिधिहरु पनि नियमित किसिमले अघि बढाइरहेको थियो ।

परिणामतः बिश्वको शक्तिशाली देश चीन लगायत संयुक्त राज्य अमेरिका, यूरोपेली संघ, इरान, दक्षिण कोरिया र मरिसश समेतको अनुरोधलाई स्वीकार गरेर २००६ मा यी देशहरुलाई समेत सार्कको पर्यबेक्षकको दर्जा दिइएको थियो ।

नेपालको राजधानी काठमाडौंमा २०१४ मा सम्पन्न यसको शिखर सम्मेलनपछि नोभेम्बर २०१६ मा प्रस्ताबित यसको १९औं शिखर सम्मेलनको आतिथ्य गर्ने पाकिस्तान थियो ।

पाकिस्तान त्यसलाई सफल तुल्याउने तयारीमा पनि जुटिरहेको थियो । तर सेप्टेम्बर २०१६मा जम्मू–कश्मिरको उरीमा आतंकबादी हमला भए पछि भारतले पाकिस्तानमा नोभेम्बर ३-४ निर्धारित सार्कको १९औं शिखर सम्मेलन बहिष्कार गर्ने घोषणा गरिदियो ।

त्यसपछि बंगलादेश, भूटान र अफगानिस्तानले सम्मेलनमा भाग नलिने घोषणा गरिदिए । यस किसिको परिस्थितिमा पाकिस्तानले बिबश भएर सार्क शिखर सम्मेलन स्थगित गर्नु पर्ने स्थिति आयो । सार्कमा आबद्ध कुनै पनि देशले शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गरेमा त्यो शिखर सम्मेलन हुन नसक्ने या स्थगित हुने प्रावधान यस संगठनको आचारसंहितामा छ।

अझ २०१६ पछिदेखि यो दक्षिण एशियाली सहयोग संगठनलाई किनारा लगाउँदै ‘बे अफ बंगाल इनिसिएटिभ फर मल्टी–सेक्टोरल टेक्निकल एण्ड इकोनोमिक को–अपरेशन ‘बिम्सटेक’ जस्तो समानान्तर संगठन भारतको सक्रियता र पहलमा अस्तित्वमा ल्याइयो ।

यो सार्ककाबिरुद्ध लक्षित भन्दा पनि सार्कबाट माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानलाई अलग्याउने हिसाबले ल्याइएको देखिन्छ । किनभने सार्कमा आबद्ध आठ देशहरु मध्ये नब गठिन बिम्सटेक समूहमा सार्कका अफगानिस्तान, माल्दिभ्स र पाकिस्तान अर्थात तीन देश बाहेक अरु सबै बंगलादेश, भूटान, भारत, नेपाल र श्रीलंका गरेर पाँच देशहरु बिम्सटेकमा छन् । आसियनाका दुई देश म्यानमार र थाइल्याण्ड पनि यसमा सामेल भएका छन् ।

यो नब गठित बिम्सटेकको मूख्य उदेश्य बंगालको खाडीको तीनतिर जोडिएका दक्षिण एशिया र दक्षिण–पूर्ब एशियाका देशहरुका बीच बहु–क्षेत्रीय प्रबिधि र आर्थिक सहयोगलाई बढावा दिनु रहेको दर्शाइएको छ ।

यस संगठनले पनि ब्यापार, औद्योगिक, ऊर्जा, परिबहन, पर्यटन, मत्स्य पालन, कृषि, सार्बजनिक स्वास्थ्य, गरीबी उन्मूलन, आतंकबाद निरोध, पर्याबरण र सँसकृतिका क्षेत्रहरुमा बढावा दिने कुरा गरेको छ ।

भारतको सार्कमा निष्कृयताको कारणले भारतकै समाचार मध्यमहरुमा यो दक्षिण एशिायाली संगठन सार्कको चर्चा नै हुन छोडे जस्तो भयो ।
लामो समयदेखिको भारत र पाकिस्तानका बीचको अबाञ्छित तनाबपूर्ण सम्वन्धका कारण तीन दशकभन्दा बढी समय पुरानो सार्कलाई सबैभन्दा ठूलो नोक्सानी भएको प्रष्ट देखिन्छ ।

जुलाई २०१८ मा प्रधानमन्त्रीको पदभार सम्हाले पछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिभिन्न मञ्चहरुमा बोल्दा प्रष्ट किसिमले भारतसँग मित्रता बढाउने र सार्कलाई अघि बढाउदै यस मार्फत ब्यापार तथा आबद्ध देशहरु बीचको पारस्परिक आर्थिक सम्वन्ध बिकासको कुरा उच्च प्राथमितामा राखेका थिए ।

अनि भारतसँग सम्वन्ध सुधारका गतिबिधिलाई अघि बढाउने क्रममा इमरान खानले पाकिस्तानी पञ्जाब स्थिति गुरुद्वारा करतारपुर साबिह करिडोरलाई भारतका सिख समुदायका लागि खोल्ने सहमति पनि जनाइसकेका थिए ।

उनले २०१६ मा स्थगित १८औ सार्क सम्मेलनलाई नोभेम्बर २०१९ मा आयोजना गर्ने घोषणा गर्दै के बिश्वास पनि जनाएका थिए भने भारतले पनि यो पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनको आयोजनालाई स्वीकार गर्नेछ ।

उनलाई के बिश्वास रहेको देखिन्छ भने भारतमा लोकसभाको निर्बाचन पश्चात पाकिस्तान र भारत बीचको सम्वन्धमा सुधार आउने छ । तर उनको यो बिश्वासमा यतिबेला ठूलो तुषारापात भइसकेको छ ।

केही समय पहिला भारतको संसदद्वारा भारतीय संबिधानको अनुच्छेद ३७० का प्रमुख धाराहरु हटाउने काम गरेपछि पाकिस्तान र भारत दुई देशका बीचको सम्बन्ध अझ तनाबपूर्ण बनेको छ । यो तनाब झनै चरमोत्कर्षतिर बढ्दै जाने स्थिति देखिएको छ ।

कश्मिरमा बिशेष अधिकार समाप्त पारिएको सम्वन्धमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा छलफल पनि चल्यो । तर त्यसले खासै कुनै सही उपचार दिने कसरत गरेको देखिएन । यसमा भारतले आफुलाई सफल मानेको छ भने पकिस्तानले यो मामिलाको अन्तर्राष्ट्रियकरण भएको भनेर पाकिस्तानले पनि सफल ठानेको छ ।

भारतको कदमले पाकिस्तानसँगको सम्बन्धमा अझ चीसो भएको छ। जसका कारण तत्काल यो सुल्झिने भन्दा पनि अझ बल्झिने दिशातिरै धकेलिएको छ ।

यस्तो स्थितिमा पाकिस्तानी कश्मिरमा भारतको आक्रमण हुन सक्ने सम्भावनाप्रति पनि पाकिस्तान सचेत र चिन्तित देखिन्छ । भारतले आक्रमणको तयारी गरिरहेको छ भन्ने कुरालाई पनि पाकिस्तानले अन्तर्राष्ट्रियकरण निकै नै गरेको छ ।

यतिबेला त पाकिस्तानले भारतसँगको बस सेवा पनि बन्द गर्नुका साथै ब्यापार कारोबार पनि प्रतिबन्ध लगाएको छ । यस्तो स्थिति बिकसित भए पछि पाकिस्तानले भारतीय सिख समुदायका लागि करतारपुर साहिबा करिडोर खोलिने कुरा पनि अब पाश्र्वभागमा धकेलियो ।

भनिदैछ अब नोभेम्बर २०२० मा श्रीलंकाले २०औं सार्क सम्मेलनको आथित्यता गर्नेछ । यदि सार्कको ३४ बर्षमा यसका दस्ताबेजहरुमा दर्शाइएका उपलब्धीहरुलाई निष्पक्षरुपमा समीक्षा गर्ने हो भने ती उपलब्धीलाई पनि मूलतः कागजी उपलब्धी सिबाय धेरै केही भन्न सकिने स्थिति छैन ।

अरु यस्ता क्षेत्रीय ब्यापारिक संगठनहरुको तुलनामा निक्कै नगन्य मात्र मान्न सकिन्छ । एउटा उदाहरणका लागि भन्ने हो भने २००६ मा सार्कद्वारा लागु गरिएको ‘साफ्टा’ सम्झौतालाई हेर्दा हुन्छ ।

त्यसको सार्क आबद्ध देशहरुको ब्यापार यसको सकल घरेलु उत्पादन ‘जीडीपी’को २ प्रतिशत पनि नाघ्न सकेको छैन जबकि पूर्ब आसियन देशहरुको आपसी ब्यापारमा तिनको जीडीपीको १० प्रतिशत पुगेको छ ।

वास्तवमा सार्क देशहमा रहेको राजनीतिक मतभेद खाशगरी भारत–पाकिस्तान मनो मालिन्य र अन्य अनाबश्यक बिबाद अनि आबद्ध अधिकांश देशहरुको खराब आर्थिक स्थितिका कारण पनि सार्क बितेका तीन दशकभन्दा बढी समयमा पनि आफ्नो महत्वकांक्षी उदेश्यलाई पूरा गर्न बिफल रह्यो ।

त्यसैले अहिले सार्कको भविष्य के हुने ? भन्ने गम्भीर प्रश्न उठेको छ र उठ्नु स्वभाविकै पनि देखिएको छ । मूलतः सार्क पनि अब भारत निर्भर जस्तै रहेको छ ।
२०१६ मा पाकिस्तानमा आयोजित शिखर सम्मेलनको बहिष्कार गरेपछि भारत सार्कबाट बिमुख भएर बिम्सटेकमा गहिरो रुची र योजनाकासाथ सघन किसिमले सक्रिय रह्यो ।

भारत मात्रै होइन पाकितान र नेपाललाई छोडेर सार्कमा आबद्ध अरु देश पनि सार्कमा भन्दा बिम्सटेक तिरै रुची देखाइरहेका देखिन्छन् ।

पाकिस्तान बिम्सटेक सदस्य नरहेकोले पनि स्वभावतः उसलाई सार्कको धेरै ठूलो महत्व छँदैछ । सार्कको सचिवालय समेत नेपालको राजधानी काठमाडौंमा रहेकोले समेत यो संगठनप्रति नेपालको बढी भावनात्मक लगाब र महत्व हुनु पनि स्वभाविक नै हो र रहिरहने नै छ ।

अर्कोरित बंगलादेशलाई बिम्सटेकका रुपमा मिल्ने किसिमको भावनात्मक सम्वन्ध भएको संगठन बनेको र त्यसको मूख्यालय पनि ढाकामा रहेकोले पनि दक्षेस छाडे पनि फरक नपर्ने स्थिति बनेको आँकलन गरिदैछ ।

अनेक कारणले आफै पीडित अफगानिस्तानको सार्कसँगको सम्वन्ध पनि गाढा बनिरहेको थिएन भने बिम्सेटकसँगको सम्बन्धप्रति पनि उसको रुची बढ्ने देखिदैन ।

तर भारत र पाकिस्तानको तनाब अझ बढ्ने र सार्कको भबिष्य अनिश्चित हुने देखिएकोले अफगानिस्तान असमञ्जमा छ । समग्रमा सार्क त्यसै त ‘टकिङ्ग क्बल’ को रुपमा थियो भने अब नाम मात्रको संगठनको रुपमा धकेलिएर यसको भबिष्य अन्धकारमय बन्न लागेको छ ।

बुद्धिमत्ता के हुन्थ्यो भने बिबादहरुको निप्टारा गरेर या थाँती राखेरै भए पनि दक्षिण एशियाली देशहरुको यो साझा संगठनलाई आर्थिक, सामाजिक साझा रुपान्तरणका लागि सक्रिय तुल्याइनु पर्दथ्यो ।

भारतको भूमिकाले स्थितिलाई बिथोलेको छ र भारतले स्थितिलाई सुधार्न सक्यो भने मात्र सार्कले गति लिने आशा गर्न गर्न सकिन्छ । अन्यथा भारतले सार्कलाई तोड्न र छोडन खोजेको आरोपबाट उसले बच्ने ठाउ देखिदैन ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ८ : ३६ बजे

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

दोधारा चाँदनी – जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल

किम्बुका बिरुवाको माग घट्यो

चितवन – किम्बु नर्सरीका बिरुवाको माग घटेसँगै व्यावसायिक किट विकास

आजका समाचार : कांग्रेसले बीआरआईमा ऋण नस्वीकार्ने, विप्लवले समाजवाद स्थापना गर्न क्रान्ति जारी राख्ने र रोकिएन गाजामा इजरायली हमला 

मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री एवं

अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता

किमाथाङ्का – सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने

इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु

एजेन्सी – इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको  हवाई आक्रमणमा इस्लामिक