रातो मच्छिन्द्रनाथको पुनःनिर्माण पनि रानी पोखरीकै मोडलमा गरिने | Khabarhub Khabarhub

रातो मच्छिन्द्रनाथको पुनःनिर्माण पनि रानी पोखरीकै मोडलमा गरिने


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण उपभोक्ता समति मार्फत गरिने भएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालयमा सोमबार बसेको बैठकले रातो मच्छिन्द्रनाथको मन्दिरको पुनःनिर्माण उपभोक्ता समिति मार्फत गराउने निर्णय गरेको हो ।

यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अघि बढाइएको थियो । पूर्वयोजना अनुसार मन्दिर पुनःनिर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानी पोखरीमा अपनाइएको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरिने निर्णय भएको जानकारी दिए ।

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा समिति पनि गठन गरिने भएको छ ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, संघीय सांसद पम्फा भुसाल, प्रदेश सभासद जीवन खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, वडाध्यक्ष सहभागी थिए ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण गरिनु पर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ११ : ३५ बजे

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

दाङ– दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिरिदिने भएको छ

क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा

काठमाडौं – बेनफिकाले वायरन म्युनिखलाई १-० ले हराउँदै फिफा क्लब

एक सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती

तनहुँ– तनहुँको भिमाद नगरपालिका– ९ को भानुमति जौपानीको एक सय

‘समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन’

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो