‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ « Khabarhub

‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’

बुधवारबाट सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सव


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय बिविधताको प्रचार–प्रसार गरी पर्यटन प्रबर्धन गर्ने उद्देश्यले भोलि (पुष १६) देखि सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले कार्यक्रम महोत्सवका रुपमा सञ्चालन हुने बताए ।

यो पर्यटन व्यवस्थापनसँग सम्बन्धित संघ संस्था र स्थानीयको सहभागितामा सञ्चालन हुने पर्यटन प्रवर्धनको कार्यक्रम हो । समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन हुने कार्यक्रमले पर्यटन प्रबर्धनका अतिरिक्त समाजमा शान्ति सुरक्षा, घरेल हिंसा, यौन हिंसाजस्ता सामाजिक अपराधका क्षेत्रमा सचेतना फैलाउन सहयोग गर्नेछ ।

डंगोलका अनुसार कार्यक्रममा स्थानीय संघसंस्था तथा परम्परागत समूहको साथै नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको सांस्कृतिक प्रस्तुति हुनेछ ।

पत्रकार भेटका क्रममा बोल्दै महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले यसप्रकारका कार्यक्रमबाट समुदायसँगको सम्बन्ध अझ नजिक हुने र जनतासँग नजिक बसेर काम गर्न सकिने आशा व्यक्त गरे ।

कार्यक्रम भोलि बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता र महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा आयोजना हुने औपचारिक समारोहबाट हुनेछ ।

सप्ताहव्यापी कार्यक्रममा घरेलु तथा हस्तकलाका सामाग्री र खानेकुराका स्टलहरु रहनेछन् । यस कार्यक्रमबाट नेपाल पर्यटन वर्षका कार्यक्रममा टेवा पुग्ने तथा काठमाडौंलाई सांस्कृतिक सहरका रुपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ नारासहित आयोजना हुने कार्यक्रम वडा १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा हुनेभएको हो ।

कार्यक्रममा नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सामुदायिक संघ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागिता हुनेछ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १ : ४९ बजे

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

काठमाडौं–  २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको  शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका

धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग