कान्छी श्रीमतीको हत्या अभियोगमा जन्मकैद | Khabarhub Khabarhub

कान्छी श्रीमतीको हत्या अभियोगमा जन्मकैद


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेख जिल्ला अदालतले नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जन्मकैद फैसला सुनाएको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा बस्नेतलाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए ।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले उक्त फैसला गरेको हो । विसं २०७४ साउन २ गते कान्छी श्रीमती हरिकला बस्नेतलाई कुटपिट गरेर हत्या गरी बार्दलीमा झुण्ड्याइएको उनीमाथि अभियोग लागेको थियो ।

अदालतले सो घटनामा दलबहादुरकी जेठी श्रीमती रामसराको सङ्लग्नता नपाइएको भन्दै सफाइ दिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ९ : ४६ बजे

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा

एजेन्सी– धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ

ओलीको घोषणा : जेन-जी आन्दोलनले महाविपत्ति ल्यायो, टोल-टोलसम्म सुरक्षा दस्ता बनाउँछौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौको

आशा जगाउँदै जेन-जी मन्त्री गुप्ता

काठमाडौं– जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनको दुई महिना पुगेको छ

राष्ट्रलाई संकटबाट मुक्त गर्न एमालेको भूमिका सशक्त : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रलाई संकटबाट