डेरामा बस्नेहरुको विवरण बुझाउन घरधनीलाई गृह मन्त्रालयको आग्रह « Khabarhub

डेरामा बस्नेहरुको विवरण बुझाउन घरधनीलाई गृह मन्त्रालयको आग्रह


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सकारकाले आफ्नो घरमा डेरा गरी बस्नेहरुको सम्पूर्ण विवरण प्रहरीलाई बुझाउ घरधनीलाई आग्रह गरेको छ ।

काठमाडौं लगायत शहरी क्षेत्रका घर धनीलाई भाडामा बस्नेको सम्पूर्ण विवरणसहितको सूची नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन गृहमन्त्रालयले आग्रह गरेको हो ।

पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका मुख्यमुख्य शहरमा घर भाडामा बसेर लुटपाट, डकैती लगायत आपराधिक गतिविधि गरिरहेको भेटिएपछि मन्त्रालयले आफ्नो घरमा डेरा गरी बस्नेहरुको सम्पूर्ण विवरण नजिकैकै प्रहरी कार्यालयमा बुझाउन भनेको हो।

गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेमकुमार राई र तीनै सुरक्षानिकायका प्रमुखसहितको बैठकले आपराधिक क्रियाकलाप रोक्नका लागि यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयले कोठा भाडामा लिएको कोठा वा घर छाडेको जानकारीसमेत प्रहरीलाई गराउन आग्रह गरेको छ ।

केही समयअघि ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेसँगै सरकारले गरेको सुरक्षा समीक्षा पछि गृहले यस्तो निर्देशन दिएको हो ।

चिनियाँ नागरिकले उपत्यकाका विभिन्न स्थानमा महँगो रकममा घर भाडामा लिएर अवैध धन्धा चलाएको पाइएपछि सरकारले नयाँ नियम लागू गर्न लागेको हो ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ५ : ४८ बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ