पाँचऔंलेमा हुन्छन् यस्ता औषधीय गुण (प्रयोग गर्ने तरिका सहित) « Khabarhub

पाँचऔंलेमा हुन्छन् यस्ता औषधीय गुण (प्रयोग गर्ने तरिका सहित)


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नेपालको हिमाली क्षेत्रमा पाइने पाँचऔंलेबारे धरैलाई थाहा नहुन सक्छ । पाँचऔंलेमा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।

नेपाली नाम पाँचऔंले भए पनि स्थानीय भाषामा यसलाई हत्ताजडी, पाँच पाते लगायतका नामले समेत चिनिन्छ । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ ।

यसको गाना हातको औँला जस्तै पाँच भागमा विभाजित हुने भएको हुँदा यसलाई पाँचऔंले भनिएको हो । यो एक लहरा प्रजातीको वनस्पति हो।

यो नेपाल सहित पाकिस्तान, भारत, भुटान चीन लगायतका देशमा पाइन्छ । यसलाई पछिल्लो समय जडिबुटीको व्यापार गर्नेहरुले राम्रो मुल्यमा विभिन्न देशमा निर्यात समेत गर्ने गरेका छन् ।

२ हजार ५ सय मिटको उचाइदेखि ५ हजार मिटरसम्मको उचाइमा पाइने यस वनस्पतिको एउटा मात्र डाँठ हुन्छ भने यसको जरामा गाना फल्दछ । यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ।

यो वनस्पतिको फूल गुलाफी तथा प्याजी रंगको हुन्छ । विभिन्न प्रकारका रोगहरु निको पार्ने भएकाले आयुर्वेदिक औषधिको रुपमा यसलाई प्रयोग गरिन्छ ।

यो वनस्पतिको गानो औषधिका रुपमा प्रयोगमा आउँछ ।

पाँचऔंलेको प्रयोग गर्ने तरिका

पाँचऔंलेको जरालाई पिसेर लेप बनाइ लगाउन सकिन्छ । यसले काटेको, पोलेको घाउ चाडै निको हुन्छ । काटेको ठाउँमा रगत बेगेको छ भने यसको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।

अन्य औषधीय गुण

  • लेक लागेमा
  • स्मरण शक्ति बढाउन
  • पिसाव सम्बन्धी समस्या निको पार्न
  • पक्षघात भएमा
  • पेट दुखेमा
  • जीउ दुखेमा
  • यौन शक्ति वा उत्तेजना बढाउन
  • छालालाई मुलायम बनाउन
  • शरीर चिलाउने रोक्न
  • मधुमेह
  • शुक्राणुको संख्या बढाउन

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १० : ५३ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा