उत्तर कोरियाले नयाँ ‘रणनीतिक अस्त्र’ विकास गर्ने किमको घोषणा « Khabarhub

उत्तर कोरियाले नयाँ ‘रणनीतिक अस्त्र’ विकास गर्ने किमको घोषणा


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाका शासक किम जङ-अनले पारमाणविक तथा लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गरेका छन् ।

उत्तर कोरियाली सरकारी समाचारसंस्थालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ ‘रणनीतिक अस्त्र’ को विकास गरिने सत्तारूढ दलका अधिकारीहरूलाई बताएका हुन् ।

नयाँ वर्षको पहिलो दिन पार्टीको बैठकमा बोल्दै किमले उत्तर कोरियालाई अस्त्रपरीक्षण स्थगन गर्ने आफ्नो घोषणा पालना गरिराख्न कुन बाध्यता नभएको बताए ।

अमेरिकाले दक्षिण कोरियासँग सैन्य अभ्यासलाई निरन्तरता दिएकाले उत्तर कोरियाले अस्त्रपरीक्षणसम्बन्धी निर्णय एकतर्फी रूपमा कायम राख्नु आवश्यक नभएको उनको तर्क भएको केसीएनएले जनाएको छ ।

किमले ‘संसारले निकट भविष्यमै नयाँ रणनीतिक अस्त्र देख्ने’ चेतावनी दिए पनि त्यसबारे विस्तृत विवरण दिएनन् ।

किमले कोरियाली प्रायः द्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिएका थिए । तर उनले सम्भावित वार्ताका लागि ढोका खुला राखिएको सङ्केत दिएका छन् । उनले क्षेप्यास्त्र परीक्षण अमेरिकी व्यवहारमा भर पर्ने बताएका छन् ।

किमको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेताले ‘परमाणु निरस्त्रीकरणबारे एउटा सहमतिमा हस्ताक्षर’ गरेको बताए । “मलाई लाग्छ उनी वचन राख्ने मानिस हुन्,” संवाददाताहरूसँग फ्लोरिडामा कुरा गर्दै भने ।

किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन्।

“यदि किमले राष्ट्रपति ट्रम्पलाई दिएको वचन भङ्ग गरे भने त्यो एकदमै निराशाजनक हुन्छ,” उनले सीबीएसलाई भने।

उनका अनुसार ट्रम्पले ठूला सैन्य अभ्यास नगर्ने सहमति व्यक्त गरेपछि किमले अस्त्रपरीक्षण नगर्ने वचन दिएका थिए। “हामीले आफ्नो वचन राखेका छौँ। उनले पनि आफ्नो वचन राख्छन् भन्ने हाम्रो अपेक्षा छ,” उनले भने।

सन् २०१७ यता उत्तर कोरियाले कुनै पारमाणविक अथवा लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको छैन । गत एप्रिल महिनामा किमले अमेरिका उचित अभिप्राय लिएर आए राष्ट्रपति ट्रम्पसँग तेस्रो शिखर वार्तामा भाग लिन आफू तयार रहेको बताएका थिए । प्रत्युत्तरमा ट्रम्पले एउटा ट्वीटमार्फत् किमको प्रशंसा गर्दै उनको धारणाको स्वागत गरेका थिए।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ११ : २८ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच