सुर्खेतमा एनसेल टावर नजिकै ‘बम’ फेला « Khabarhub

सुर्खेतमा एनसेल टावर नजिकै ‘बम’ फेला


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा ‘बम’ फेला परेको छ ।

पिपिराचोकमा रहेको एनसेल टावर नजिकै बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तले जानकारी दिए ।

एसपी पन्तले एनसेल टावरलाई लक्षित गरिएर राखिएको उक्त शंकास्पद बस्तु नक्कली बम भएको बताए ।

‘स्थानीयलाई तर्साउनका लागि बमजस्तो देखिने गरी शंकास्पद बस्तु राखिएको जस्तो देखिन्छ,’ एसपी पन्तले खबरहबसँग भने, ‘तर, त्यो नक्कली बम भएको पत्ता लागेको छ ।’

यद्यपि, उक्त शंकास्पद बस्तुको डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलमा पुगेको एसपी पन्तले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : २१ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा