प्रदेश सरकारले बनायो स्वास्थ्य कार्यालय « Khabarhub

प्रदेश सरकारले बनायो स्वास्थ्य कार्यालय


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- गएको साउनपछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबारदेखि स्थापना गरिएको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर विश्वकर्मा पौडेलले उद्घाटन गरे ।

पुरानो जिल्ला स्वास्थ्य कार्यालयमा नै स्थापना गरिएको कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित १२ कर्मचारीको दरबन्दी छ । प्रदेश सरकार मातहत रहेका पर्वतका दुई प्राथमिक स्वास्थ्यचौकीसहित जिल्लाभरका सबै स्वास्थ्यचौकी, स्वास्थ्य कार्यक्रम कार्यालयले सञ्चालन गर्ने भएको छ । कार्यालयले स्थानीय तहमा रहेका स्वास्थ्य एकाइसँग समन्वयको कामसमेत गर्ने बताइएको छ ।

प्रमुख मनोहर विश्वकर्मा पौडेलले सबै स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा प्रावह गर्न आग्रह गरे । उनले सरकारी स्वास्थ्य संस्थाप्रति नागरिकको विश्वास बढाउन नसक्दा नागरिकले निजी संस्थामा महँगोमा उपचार गर्न बाध्य भएको बताउँदै समुदायको विश्वास जित्दै स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउन जरुरी रहेको बताए।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : ३६ बजे

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण