प्रदेश सरकारले बनायो स्वास्थ्य कार्यालय | Khabarhub Khabarhub

प्रदेश सरकारले बनायो स्वास्थ्य कार्यालय


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- गएको साउनपछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबारदेखि स्थापना गरिएको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर विश्वकर्मा पौडेलले उद्घाटन गरे ।

पुरानो जिल्ला स्वास्थ्य कार्यालयमा नै स्थापना गरिएको कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित १२ कर्मचारीको दरबन्दी छ । प्रदेश सरकार मातहत रहेका पर्वतका दुई प्राथमिक स्वास्थ्यचौकीसहित जिल्लाभरका सबै स्वास्थ्यचौकी, स्वास्थ्य कार्यक्रम कार्यालयले सञ्चालन गर्ने भएको छ । कार्यालयले स्थानीय तहमा रहेका स्वास्थ्य एकाइसँग समन्वयको कामसमेत गर्ने बताइएको छ ।

प्रमुख मनोहर विश्वकर्मा पौडेलले सबै स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा प्रावह गर्न आग्रह गरे । उनले सरकारी स्वास्थ्य संस्थाप्रति नागरिकको विश्वास बढाउन नसक्दा नागरिकले निजी संस्थामा महँगोमा उपचार गर्न बाध्य भएको बताउँदै समुदायको विश्वास जित्दै स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउन जरुरी रहेको बताए।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : ३६ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी