ए डिभिजन लिग फुटबलः थ्री स्टारलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो « Khabarhub

ए डिभिजन लिग फुटबलः थ्री स्टारलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मीले थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे । अनन्त तामाङको कप्तानीमा मैदान उत्रिएको थ्री स्टारविरुद्ध आक्रामक खेल खेलेपनि पहिलो हाफमा आर्मीले गोल गर्न सकेन् ।

खेलको दोस्रो हाफमा आर्मीले दुई गोल गरेको थियो । खेलको ५४ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई २-० को जित दिलाए ।

यस्तै खेलको ९० औं मिनेटमा थ्री स्टारले पेनाल्टीमा एक गोल फर्काउने मौका गुमाएको थियो । थ्री स्टारका रुपेश केसीको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए ।

जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । र, लिगमा तेस्रो जित निकालेको आर्मी तेस्रो स्थानमा समेत उक्लिएको छ । थ्री स्टारले ४ खेलमा ७ अंक जोडेको छ ।लिगमा पहिलो हार व्यहोरेको थ्री स्टार लिगको छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ६ : १० बजे

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा