मध्यपूर्वमा सेना थप्ने अमेरिकी तयारी, तत्कालै ७५० सैनिक थपिने | Khabarhub Khabarhub

मध्यपूर्वमा सेना थप्ने अमेरिकी तयारी, तत्कालै ७५० सैनिक थपिने


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले इराकलगायत मध्यपूर्वमा थप सेना थप्ने तयारी थालेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा देखिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सैनिक थप गर्ने तयारी थालेको अमेरिकन रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

इराकमा आइतबार अमेरिकी हवाई आक्रमणमा मारिएका हशद शाबी सदस्यहरूको शोकपछि आक्रोशित लडाकूहरूले मङ्गलबार बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए।

यसैलाई कारण देखाउँदै संयुक्त राज्य अमेरिकालाई थप सैनिकहरू पठाउन प्रेरित गरेको छ। रक्षा सचिव मार्क एस्पेरका अनुसार चाँडै नै ७५० अमेरिकी सिपाहीहरू यस क्षेत्रमा परिचालन हुनेछन् । त्यस्तै आकस्मिक रक्षा बल (आईआरएफ) बाट थप सेना पठाउने तयारी भइरहेको छ ।

हशद शाबी समूहका लडाकूको नेतृत्वमा धेरै प्रदर्शनकारीहरूले दूतावास बाहिर अमेरिकाको हवाई हमलाको निन्दा गर्दै मङ्गलबार नारा लगाएका थिए। त्यसपछि विरोध प्रदर्शन हिंसात्मक भयो जब प्रदर्शनकारीहरूले गार्ड टावर र दूतावासको बाहिरी ढोका जलाएका थिए।

अघिल्लो साता अमेरिकी सेनाको शिविरमा हिर्काएपछि एक अमेरिकी ठेकेदारको मृत्युभएको थियो भने केही अन्य व्यक्ति घाइते भएका थिए। यसलाई संयुक्त राज्य अमेरिकाले लामो समयदेखि आफ्नो दुश्मन इरानले समर्थन गरेको मिलिशियाको सम्लग्नता रहेको भन्दै यसको उचित जवाफ दिने बताएको थियो।

इराकको शिया नेतृत्वमा अर्ध सैनिक कताइब हिज्बुल्लाहद्वारा गठित इराकी हशद शाबीको एक समूहले ड्रोनले सिरिया–इराक सिमा नजिकको अमेरिकी सैनिक शिविरहरूमा बम विष्फोट गर्दा आफ्ना २५ समर्थकको मृत्यु भएको र ५१ घाइते भएका बताएको थियो।

राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्वीट गर्दै इरानले गोप्यरूपमा अमेरिकी राजदूतावासमा आक्रमण गरेको भन्दै यो घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ७ : ३४ बजे

जनप्रिय युवा क्लब ‘खुला यार्तुङ आर्चरी प्रतियोगिता’को च्याम्पियन

मुस्ताङ– मुस्ताङको मुक्तिनाथमा आयोजित खुला यार्तुङ आर्चरी प्रतियोगितामा आयोजक जनप्रिय

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– २ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा– बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना

पढ्नैपर्ने पर्दा पछाडिको भूटान : टेकनाथ रिजाल खै ?

पर्दापछाडिको भूटान बलराम पौडयालकृत भुटानको इतिहास र संस्मरणको जीवन्त पुस्तक

तुर्कमेनिस्तान भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको  भ्रमण पूरा गरी आज