नेकपा सचिवालय बैठक बस्दै, सभामुख र राष्ट्रियसभा सदस्यको चयन गर्ने | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक बस्दै, सभामुख र राष्ट्रियसभा सदस्यको चयन गर्ने


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजका लागि सचिवालय बैठक बोलाइएको बताए ।

विहीवार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको र त्यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो छलफल रहेको जानकारी दिए ।

‘प्रधानमन्त्री ज्यूले साढे १२ बजेभित्र काठमाडौं आइपुग्न भन्नु भएको छ’ कार्यक्रममा प्रचण्डले भने,‘हामीले राष्ट्रियसभा सदस्यहरुको छनोट गर्नुपर्ने छ भने सभामुखको चयन गर्ने कुरा छ ।’

नेकपाले सभामुखको उम्मेदवार चयन लगाउन सकेको छैन । जसका कारण प्रतिनिधि सभाको बैठक समेत बस्न सकेको छैन ।

सभामुखमा ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई अघि सारेका छन् । जसका कारण सभामुख चयनमा समस्या देखिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १२ : २३ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण