साउनमा किन कपाल काट्नु हुँदैन ?  « Khabarhub

साउनमा किन कपाल काट्नु हुँदैन ? 


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ । तपाइले पनि यो महिनामा कपाल काट्नु हुँदैन भनेको त अवश्य पनि सुन्नु भएको होला ।

बुढापाकाले आज यो बार कपाल काट्नु हुँदैन, आज जन्म बार कपाल काट्नु हुँदैन भनेझैँ साउनको महिनामा पनि कपाल काट्नु हुँदैन भनेको त प्रायः धेरैले सुनेका छौँ । तर पछिल्लो पुस्ताले यसलाई बेवास्ता गर्ने गरेको पाइन्छ । आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान् विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभ कर्म भएकाले पनि भगवान् विष्णु सुतेका बेला शुभ कर्म गर्न नहुने मान्यता रहेको ज्योतिषहरू बताउँछन् ।

त्यसतै, शताब्दीयौंअघि पर्याप्त प्रकाश, सुरक्षित उपकरण र सीपको अभाव हुँदा कपाल काट्दा चोटपटक लाग्ने खतरा हुने गरेको पौराणिक मान्यता छ । 

साउन महिनामा धेरै पानी पर्ने हुँदा यस्तो बेला कपाल काट्दा संक्रमण हुन सक्ने र चोटपटक वा घाउ हुने खतरा रह्यो । उक्त घाउमा पानी पर्दा इन्फेक्सन र पिप आउन सक्छ । साउन वर्षाको मौसम हो र यस समयमा कुनै पनि चोट वा घाउ छालामा संक्रमण हुन सक्छ। यही कारण साउनमा कपाल काट्न निषेध गरिएको पछिल्ला पुस्ताहरू विश्लेषण गर्छन् ।

यो महिनामा विष्णुको भजन, कीर्तन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने धार्मिक परम्परा छ ।

साभार : प्रभात खबर

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १२ : १७ बजे

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका