रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक | Khabarhub Khabarhub

रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी बजारबाट १० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन राख्न पुस १७ गते बिहीबार दश अर्ब रुपैयाँको तरलता प्रशोचन गर्न लागेको हो ।

राष्ट्र बैंकले जारी गरेको ७ दिनको अवधिको उक्त रिभर्स रिपो पुस २४ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंकहरुले बिहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सन्तुलन कायम गर्न बेला बेलामा विभिन्न उपकरणहरु जारी गर्ने गर्छ । राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।

हाल वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता खिच्न गर्न लागेको हो ।
अहिले बैंकिङ्ग क्षेत्रमा सीआरआर बाहेक ५० अर्ब बढी तरलता रहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  २ : ३८ बजे

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरिका

दूग्ध उत्पादक किसानलाई अनुदान

बागलुङ– किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम

संसद विघटनमा माओवादी दुई धार, चुनावमा एक

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेको विषयलाई लिएर

एक महिनामा अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था