रणवीर सिंहलाई छोडेर कोसँग जन्मदिन मनाउँदैछिन् दीपिका? | Khabarhub Khabarhub

रणवीर सिंहलाई छोडेर कोसँग जन्मदिन मनाउँदैछिन् दीपिका?


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री दीपिका पादुकोण आजभोलि फिल्म ‘छपाक’ का कारण चर्चामा छिन् । यो फिल्ममा उनी एसिड आक्रमणमा परेकी युवतीको भूमिकामा देखिनेछिन् ।

रणवीर सिंहसँग बिहे गरेपछि दीपिकाको पहिलो फिल्मका रुपमा ‘छपाक’ रिलिज हुँदैछ । फिल्म रिलिजअघि दीपिकाले आफ्नो ३४ औँ जन्मदिन मनाउँदैछिन् ।

यस वर्ष आफ्नो जन्मदिनमा दीपिकाले विशेष योजना बनाएकी छिन् । भारतीय मिडियाका अनुसार दीपिकाले आफ्नो जन्मदिनमा पार्टी दिने छैनिन् । बरु उनले यो जन्मदिन एसिड आक्रमणमा परेका युवतीहरुसँगै मनाउनेछिन् ।

मिडिया रिपोर्टका अनुसार दीपिका आफ्नो जन्मदिनमा लखनऊको एक क्याफेमा हुनेछिन्, जुन क्याफेलाई एसिड पीडितहरुले चलाइरहेका छन् ।

यो निर्णयलाई दीपिकाका फ्यानले राम्रो काम भन्दै प्रश‌ंसा गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  २ : ५३ बजे

४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं– कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको

सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ : एमाले नेता अधिकारी

देवदह– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी

प्रियांकको उत्कृष्ट ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर

मध्यराति पक्राउ परेका प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौं– मध्यरातमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई  म्याद थपका लागि

सिजनकै पहिलो शतक बनाउन चुके प्रियांक, कर्णालीले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो सिजनको मंगलबार भइरहेको