घुस अभियोगमा दुई प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा | Khabarhub Khabarhub

घुस अभियोगमा दुई प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घसु लिएको अभियोगमा दुई जना प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अख्तियारले प्रहरी चौकी सर्लाही त्रिभुवन नगरमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र घुमुवाका रुपमा काम गर्ने प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भारतीय सीमा नाकाबाट सामान भित्र्याउन सहज गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग रु ५० हजार घुस मागेको अभियोग लागेको छ ।

आयोगले बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यसैबीच, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी शिक्षक पदमा जागिर खाएको अभियोगमा प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली सिन्धुलीमा कार्यरत प्राथमिक शिक्षक ज्ञानु रायमाझीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : १५ बजे

आन्तरिक उत्पादन बढाउनेगरी राजस्व नीति बनाउन सरकारलाई ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा

डडेल्धुराका सात वटै स्थानीय तहको बजेट सार्वजनिक, 

अमरगढी– डडेल्धुराका सात वटै स्थानीय तहले मंगलबार आर्थिक वर्ष २०८२/८३ का

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

सिमकोट– नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा

गाजामा सहायताको पर्खाइमा रहेका २० जनाको मृत्यु

एजेन्सी – युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न सहायता संकलन गर्न पर्खिरहेका

महँगा कलाकार ‘माग्ने बूढा’ कृषाको ‘जहाजै’मा अनुबन्ध

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’को फिल्म ‘माग्ने राजा’ भदौं