नेकपाले टुंग्याउन सकेन राष्ट्रियसभा उम्मेदवार, सचिवालय बैठक पुनः भोलि बस्ने  « Khabarhub

नेकपाले टुंग्याउन सकेन राष्ट्रियसभा उम्मेदवार, सचिवालय बैठक पुनः भोलि बस्ने 


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुट्न नसक्दा भोलि सम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका तर्फबाट उमेदवार हुने १६ जनाको नाम एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

“राष्ट्रियसभा निर्वाचनमा दुई जना राजपालाई दिने यसअघि नै सहमति भएको छ,”सचिवालयका एक जना सदस्यले भने, “बाँकी १६ जनाको नाम अध्यक्ष ओलीले आफू निकटका मात्रै लिएर आउनुभएको थियो । त्यसमा सदस्यहरुको विरोध रह्यो । विरोध भएपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।”

उमेदवारको टुंगो लगाउन सचिवालय बैठक बिहीबार चार घण्टा बसेको थियो ।

राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ । जसमा १८ जना सदस्य निर्वाचित भएर आउने छन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ८ : ४७ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज