इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग शेफिल्ड पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग शेफिल्ड पराजित


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले शेफिल्ड युनाइटेडलाई दुई–शून्य गोल अन्तरले पराजित गरेको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र सादियो मानेले एक–एक गोल गरे ।

खेलको चौथौ मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाए । उनको गोलसँगै पहिलो हाफमा लिभरपुलले एक गोलको अग्रता कायम राख्यो ।

खेलको ६४औँ मिनेटमा मानेले एक गोल थप्दा लिभरपुलले अग्रता दोब्बर बनायो । अन्त्यमा अरु गोल नथपिँदा लिभरपुल शेफिल्डविरुद्ध दुई–शून्य गोल अन्तरले विजयी भयो ।

यो जितसँगे लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा रहँदा २० खेलबाट ५८ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटी लिभरपुलभन्दा १३ अङ्कले पछि छ ।

आठौँ स्थानमा रहेको शेफिल्डको २१ खेलमा २९ अङ्क छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ७ : ५३ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक