अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए « Khabarhub

अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बग्दाद–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सैनिकले हवाई हमला गरी इरानी शक्तिशाली कुर्द फोर्स प्रमुख जनरल कसेम सोलेमानीलाई मारिदिएको छ ।

इराकको राजधानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी हवाई हमलामा सोलेमानी मारिएका हुन् ।

त्यस्तै हमलामा इरानी समर्थक कटइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहांदिस पनि मारिएका छन् ।

सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सोलेमानीको हातमा थियो।

सो दस्ताले देश बाहिर गोप्य गतिविधिहरू गर्ने बताइएको छ ।

जनरल सोलेमानीले सिरियामा बसार अल-असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेका थिए ।

इरानको लागि सोलेमानी महत्वपूर्ण व्यक्ति थिए र उनको क्विड दस्ता सिधै सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको नेतृत्वमा रहेको छ ।

उनले सन् १९८० को दशकमा भएको इरान-इराक युद्धमा लडेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १० : ४८ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ