राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले तोक्यो नारायणकाजीसहितका उम्मेदवार | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले तोक्यो नारायणकाजीसहितका उम्मेदवार


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बिहान बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो ।

नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वेदुराम भुषाललाई पनि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश एकबाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी प्रदेश दुईमा राजपासँग चुनावी तालमेल गर्दा नेकपाले दुईजना उम्मेदवार पाएको छ । जसमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ ।

प्रदेश ३ मा नेकपाले महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको छ।

त्यस्तै गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

प्रदेश पाँचमा महिला उम्मेदवार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईको नाम टुंगो लागेको छ । त्यसैगरी कर्णाली प्रदेशबाट अन्यबाट मायाप्रसाद आचार्य र महिलाबाट सुनिता केसी उम्मेदवार बनेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ११ : ४३ बजे

धर्मसँग मानवीय भावनालाई जोडौँ : अध्यक्ष ढकाल

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदिक सनातन

प्राविधिक समस्याका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

नयाँ दिल्ली- एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउदा

सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

बनेपा– सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरु

माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’को ट्रेलर सार्वजनिक

काठमाडौं– हलिउड पप संगीतका महानायक माइकल ज्याक्सनको जीवन र करियरमा

कीर्तिपुरका किसानलाई धान सुकाउने चटारो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारो परेको छ । जेठको अन्तिम