कोरिया भाषा परीक्षाको आवेदन चैत ८ देखि १७ सम्म, परीक्षा जेठ अन्तिम साता « Khabarhub

कोरिया भाषा परीक्षाको आवेदन चैत ८ देखि १७ सम्म, परीक्षा जेठ अन्तिम साता


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरियन परिक्षामार्फत दक्षिण कोरिया रोजगारीका लागि जान चाहने युवाका लागि भाषा परिक्षाको लागि आवेदन चैतमा पहिलो सातामा खुल्ने भएको छ । कोरियन भाषा पढिरहेका परीक्षार्थीका लागि चैत ८ देखि १७ गतेसम्म परीक्षाका लागि आवेदन खुल्ला गरिने वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

सरकारीस्तरमा दक्षिणकोरिया जान लिइने भाषा परीक्षाको मिति पनि शाखाले तोकिएको छ । इपीएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जान लिइने भाषा परीक्षा आगामी जुन ९ र १० (जेठ २६ र २७ ) गते सञ्चालन गरिने छ। यो वर्ष कोरिया सरकारले नेपालबाट १० हजार ५० जना कामदार लिने भएको छ । कोरियाको मानव सशाधन विकास केन्द्र नेपालका लागि गत वर्ष कोटा छुटाएको थियो।

भाषा परीक्षामा सामेल हुने परिक्षार्थीले भने चैत ८ देखि १७ सम्म फारम भर्नुपर्ने छ । भाषा परीक्षाका लागि फारम अनलाइन प्रणालीबाट फारम भर्ने व्यवस्था गरिएको छ । देशका विभिन्न स्थानबाट फारम भर्ने व्यवस्था मिलाइने शाखाले जानकारी दिएको छ ।

सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो। कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारीस्तरमै कामदार लैजाने सम्झौता गरेको थियो ।

कृषि, निर्माण र फिसिङ (माछा मार्ने) गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरी सम्झौता भएपनि हाल कोरिया सरकारले भने कृषि, निर्माणमा मात्रै कामदार लिदै आएको छ ।

हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ । पछिल्लो समय नेपाली युवा रोजगार गन्तव्य देशभित्र पर्छ । सन् २०१८ मा भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ जना सहभागी भएकामा ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए ।

जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका थिए । गएका ११ वर्षमा भाषा परीक्षामार्फत करिब ५७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १ : ०३ बजे

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय