कोरिया भाषा परीक्षाको आवेदन चैत ८ देखि १७ सम्म, परीक्षा जेठ अन्तिम साता « Khabarhub

कोरिया भाषा परीक्षाको आवेदन चैत ८ देखि १७ सम्म, परीक्षा जेठ अन्तिम साता


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरियन परिक्षामार्फत दक्षिण कोरिया रोजगारीका लागि जान चाहने युवाका लागि भाषा परिक्षाको लागि आवेदन चैतमा पहिलो सातामा खुल्ने भएको छ । कोरियन भाषा पढिरहेका परीक्षार्थीका लागि चैत ८ देखि १७ गतेसम्म परीक्षाका लागि आवेदन खुल्ला गरिने वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

सरकारीस्तरमा दक्षिणकोरिया जान लिइने भाषा परीक्षाको मिति पनि शाखाले तोकिएको छ । इपीएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जान लिइने भाषा परीक्षा आगामी जुन ९ र १० (जेठ २६ र २७ ) गते सञ्चालन गरिने छ। यो वर्ष कोरिया सरकारले नेपालबाट १० हजार ५० जना कामदार लिने भएको छ । कोरियाको मानव सशाधन विकास केन्द्र नेपालका लागि गत वर्ष कोटा छुटाएको थियो।

भाषा परीक्षामा सामेल हुने परिक्षार्थीले भने चैत ८ देखि १७ सम्म फारम भर्नुपर्ने छ । भाषा परीक्षाका लागि फारम अनलाइन प्रणालीबाट फारम भर्ने व्यवस्था गरिएको छ । देशका विभिन्न स्थानबाट फारम भर्ने व्यवस्था मिलाइने शाखाले जानकारी दिएको छ ।

सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो। कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारीस्तरमै कामदार लैजाने सम्झौता गरेको थियो ।

कृषि, निर्माण र फिसिङ (माछा मार्ने) गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरी सम्झौता भएपनि हाल कोरिया सरकारले भने कृषि, निर्माणमा मात्रै कामदार लिदै आएको छ ।

हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ । पछिल्लो समय नेपाली युवा रोजगार गन्तव्य देशभित्र पर्छ । सन् २०१८ मा भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ जना सहभागी भएकामा ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए ।

जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका थिए । गएका ११ वर्षमा भाषा परीक्षामार्फत करिब ५७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १ : ०३ बजे

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान