नेकपामा राष्ट्रियसभा सदस्यको भागवण्डा, एमालेले ९ पाउँदा माओवादीलाई ७ | Khabarhub Khabarhub

नेकपामा राष्ट्रियसभा सदस्यको भागवण्डा, एमालेले ९ पाउँदा माओवादीलाई ७


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १६ जना उम्मेदवार तोकेको छ ।

५९ सदस्यीय राष्ट्रियसभाको १ तिहाइ (१९ जना) सदस्यका लागि माघ ९ गते निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनका क्रममा अपनाइने एकल संक्रमणीय मतप्रणालीअनुसार सत्तारुढ नेकपाले १४ जना सदस्य जित्ने संभावना थियो । तर, प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा)सँग तालमेल गरेर नेकपाले १६ जना पाउने पक्का भएको छ ।

नेकपाले राष्ट्रिय सभाका लागि उम्मेदवार तय गर्दा तत्कालीन एमालेबाट ९ जना र माओवादी केन्द्रबाट ७ जना पर्ने गरी भागवण्डा गरिएको छ ।

तत्कालीन एमालेअन्तर्गत प्रदेश नम्बर १ बाट महिला उम्मेदवार इन्दु गौतम र अन्यबाट देवेन्द्र दाहाल, प्रदेश नम्बर २ बाट महिला उम्मेदावर तुलसा दाहाल, प्रदेश नम्बर ३ बाट अन्यमा बेदुराम भुसाल, गण्डकी प्रदेशबाट महिलामा भगवती न्यौपाने, प्रदेश नम्बर ५ बाट महिलामा विमला घिमिरे तथा अन्यमा गोपाल भट्टराई, कर्णाली प्रदेशबाट महिलामा सुनिता केसी र सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्टराईलाई उम्मेदवार बनाइएको छ ।

यस्तै, तत्कालीन माओवादी केन्द्रअन्तर्गत प्रदेश १ बाट दलितमा गोपी अछामी, प्रदेश नम्बर २ बाट दलितमा राधेश्याम पासवान, प्रदेश नम्बर ३ बाट महिलामा गंगा बेलवासे, गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ, प्रदेश नम्बर ५ बाट अपाङ्गतामा जगप्रसाद शर्मा, कर्णाली प्रदेशबाट अन्यमा मायाप्रसाद आचार्य र सुदूरपश्चि प्रदेशबाट अन्यमा तारामान स्वाँरलाई उम्मेदवार बनाइएको ।

राष्ट्रिय सभाका सदस्य चयनका लागि प्रदेश सभाका सदस्य ,गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । प्रदेश सभाका सदस्य, गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार भने फरक–फरक हुन्छ ।

५९ सदस्य रहने राष्ट्रिय सभा एक स्थायी सदन हो । तर, यसका सदस्यहरुको पदावधि भने ६ वर्षको हुन्छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने छ । संविधानको धारा (८६) को उपधारा ३ अनुसार संविधान प्रारम्भ हुँदाका बखत भने गोला प्रथाको माध्यमबाट एक तिहाइ (१९) जना सदस्यको २ वर्ष, अर्को एक तिहाइ (२० जना) सदस्यको ४ वर्ष र बाँकी १ तिहाइ (२० जना) सदस्यको ६ वर्ष पदावधि कायम गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १ : ०४ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय