सुनको मूल्य प्रतितोला १ हजार बढ्यो « Khabarhub

सुनको मूल्य प्रतितोला १ हजार बढ्यो


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेको छ । बढेको मूल्यसँगै शुक्रबार सुनको मूल्य प्रतितोला ७४ हजार ५ सय रुपैयाँ पुगेको ५ ।

बुधबार र बिहीबारस्थिर रहेको सुनको मुल्य शुक्रबार एकै दिन तोलामा १ हजार बढेर प्रति तोला ७४ हजार ५ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ हजार रुपैयाँ बढेर नेपालको इतिहासमा सबैभन्दा महँगो अर्थात रेकर्ड ब्रेक गरेको छ ।
बिहीबार छापावाला सुन तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, तेजावी सुनको मुल्य ७४ हजार २ सय कायम भएको छ । यस भन्दा अगाडी गत भदौ ९ गते सुनको मुल्य तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि बजारमा घटेर ७० हजार रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको मुल्य भने स्थिर छ । नेपाली बजारमा चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । सुनको मूल्य आश्चर्यजनक रूपमा वृद्धि हुनेमा आन्तरिक कारण नभइ अन्तर्राष्ट्रिय मुल्यले प्रभाव पारेको तथा अमेरिका र इरानबिच टकाराव बढेकाले सुनको मुल्य अझै बढ्न सक्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १ : ४४ बजे

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति