तस्वीरमा हेर्नुहोस्, पुसको चिसोमा सिमसिमे पानी | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस्, पुसको चिसोमा सिमसिमे पानी



काठमाडौं– पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षा भएको मौसमविद्ले जनाएका छन् ।

पानी परेसँगै राजधानी काठमाडौंमा चिसो बढेको छ भने पहाडी र हिमाली क्षेत्रमा हिमपातले गर्दा दैनिकी कष्ठकर भएको छ । उपत्यकामा विहान कार्यालय र शैक्षिक संस्थाहरु खुल्ने समयमै वर्षा शुरु भएपछि सर्वसाधारणले दु:ख पाए ।

केहीले विहानै छाताको वन्दोवस्तो गरेर हिँडेका भएपनि केही भने पानीमा भिज्दै हिँडिरहेका थिए । केही भने पानी रोकिने कामना गर्दै ओत लागेर बसेका थिए ।

आज राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

 

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ४ : ०३ बजे

माओवादीसहित ९ पार्टीबीच आज एकता घोषणा हुँदै

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा

केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना

काठमाडौं – केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब