दक्षिण अफ्रिकी पूर्व कप्तान अमला ईपीएल खेल्न नेपाल आउने | Khabarhub Khabarhub

दक्षिण अफ्रिकी पूर्व कप्तान अमला ईपीएल खेल्न नेपाल आउने


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न दक्षिण अफ्रिकाका पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान हसिम अमला नेपाल आउने भएका छन् ।

ईपीएलका एमडी आमिर अख्तरले ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि पूर्व कप्तान अमला नेपाल आउँन तयार रहेको बताएका छन् ।

‘कुन टिमबाट खेल्ने भन्ने निश्चित भइसकेको छैन । तर, हसिम अमला ईपीएल खेल्न तयार छन्,’ अख्तरले भने ।

अख्तरले अमला कुन टोलीबाट खेल्ने भन्ने २–४ दिनभित्र निश्चित भइसक्नेसमेत बताएका छन् । अमलाले दक्षिण अफ्रिकाका लागि टि–२० डेब्यु अस्ट्रेलियाविरुद्धको खेलमा सन् २००९ मा गरेका थिए । त्यस्तै, उनी टेस्ट, एकदिवसिय र टि–२० गरि तिनै फर्म्याटका उत्कृष्ट ओपनर हुन् ।
आयोजकले गत संस्करणको ईपीएल पछिका अन्य नेपाली घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले यस संस्करणको ईपीएल खेल्न नपाउने प्रावधान बनाएको छ ।

अमलासँगै यो संस्करणको ईपीएलका लागि क्यारेबियन देश वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेल पनि आउने सम्भावना रहेको बताएका छन् ।
ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ६ : ११ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र