आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइने « Khabarhub

आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइने


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न सरकारले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा पाँच सदस्सीय समिति बनाउने तयारी गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वकालीन घटनाका सत्यतथ्य पत्ता लगाउन गठित आयोगमा नयाँ पदधिकारी चयन गर्नका लागि सो समिति गठन गर्न लागेको जानकारी दिए ।

दुवै आयोगमा नयाँ पदाधिकारीमा कोको व्यक्ति लैजाने भनेर समितिले चयन गर्ने मन्त्री ढकालले बताए । उनले अब न्याय दिन ढिला नहुने पनि दाबी गरे ।

समितिमा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा राष्ट्रिय आयोगका पूर्वअध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति सदस्य, द्वन्द्वपीडितबाट तीन सदस्य गरी पाँच जनाको समिति बनाउने संवैधानिक प्रावधानअनुसार सो समिति गठन गर्न लागिएको मन्त्री ढकालले जानकारी दिए।

सरकारले दुई आयोगको म्याद गत माघ २७ गते सकिएपछि आयोगको म्याद एक वर्ष थप गरी वर्तमान पदाधिकारीको म्याद आगामी चैत मसान्तसम्म रहेन गरी ऐन संशोधन गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १ : ४४ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो