यौन प्रकरणको आरोपमा अस्ट्रेलियामा एक नेपाली पक्राउ « Khabarhub

यौन प्रकरणको आरोपमा अस्ट्रेलियामा एक नेपाली पक्राउ


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले २९ वर्षीय एक नेपालीलाई सिड्नीको पश्चिम क्षेत्रबाट १४ वर्षीया किशोरीलाई गलत नियतले भेट्न खोजेको आरोपमा पक्राउ गरेको छ ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार गत नोभेम्बर महिनादेखि बालयाैन शोषण तथा यौन अपराध विभागका प्रहरीले ती आरोपित व्यक्तिमाथि अनलाइनमार्फत निगरानी गरिरहेका थिए ।

प्रहरीले ती व्यक्तिले १४ वर्षीया किशोरीसँग कुरा गरेको थाहा पाएर पनि अश्लील सामग्रीहरू पठाएको तथा यौन सम्पर्कका लागि भेट्ने प्रबन्ध मिलाएको आरोप समेत लगाएको छ ।

ती आरोपित नेपाली सिड्नीको वेन्टवर्थभिलमा बस्दै आइरहेका थिए ।

करिब एक महिना लामो निगरानी र अनुसन्धानपश्चात उनलाई गत जनवरी २ तारिख बिहीबारका दिन न्यू साउथ वेल्स प्रहरीको एक टोलीले पक्राउ गरेको थियो । पक्राउपश्चात उनी बस्ने युनिटबाट एक ल्यापटप तथा अरू इलेक्ट्रोनिक समग्रीहरू पनि प्रहरीले बरामद गरेको जनाएको छ ।

पक्राउपश्चात उनलाई पारामाटा प्रहरी कार्यालयमा लगिएका थियो । त्यहाँ उनलाई ‘१६ वर्षभन्दा कम उमेरको व्यक्तिलाई क्यारियर सर्भिसको उपयोग गरेर यौन क्रियाकलापमा संलग्न गराउन खोजेको’ आरोप लगाएको थियो ।

प्रहरीले उनलाई शुक्रबार पारामाटा अदालतमा उपस्थित गराएको थियो । त्यहाँ उनको जमानत अस्वीकार गरिएको थियो ।

न्यू साउथ वेल्स प्रहरीको ‘बाल शोषण तथा यौन अपराध टोली’ बालबालिका तथा किशोरकिशोरीसँग हुने हिंसा तथा अपराधका घटनाहरू अनुसन्धान गर्नका निमित्त तालिमप्राप्त विशेष टोली हो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  १० : ५० बजे

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित

स्वास्थ्य शिविमा चार सय जनाको निःशुल्क उपचार

पर्वत– फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा

लेक लागेर योजना अधिकृतको मृत्यु

ताप्लेजुङ– समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक