यौन प्रकरणको आरोपमा अस्ट्रेलियामा एक नेपाली पक्राउ « Khabarhub

यौन प्रकरणको आरोपमा अस्ट्रेलियामा एक नेपाली पक्राउ


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले २९ वर्षीय एक नेपालीलाई सिड्नीको पश्चिम क्षेत्रबाट १४ वर्षीया किशोरीलाई गलत नियतले भेट्न खोजेको आरोपमा पक्राउ गरेको छ ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार गत नोभेम्बर महिनादेखि बालयाैन शोषण तथा यौन अपराध विभागका प्रहरीले ती आरोपित व्यक्तिमाथि अनलाइनमार्फत निगरानी गरिरहेका थिए ।

प्रहरीले ती व्यक्तिले १४ वर्षीया किशोरीसँग कुरा गरेको थाहा पाएर पनि अश्लील सामग्रीहरू पठाएको तथा यौन सम्पर्कका लागि भेट्ने प्रबन्ध मिलाएको आरोप समेत लगाएको छ ।

ती आरोपित नेपाली सिड्नीको वेन्टवर्थभिलमा बस्दै आइरहेका थिए ।

करिब एक महिना लामो निगरानी र अनुसन्धानपश्चात उनलाई गत जनवरी २ तारिख बिहीबारका दिन न्यू साउथ वेल्स प्रहरीको एक टोलीले पक्राउ गरेको थियो । पक्राउपश्चात उनी बस्ने युनिटबाट एक ल्यापटप तथा अरू इलेक्ट्रोनिक समग्रीहरू पनि प्रहरीले बरामद गरेको जनाएको छ ।

पक्राउपश्चात उनलाई पारामाटा प्रहरी कार्यालयमा लगिएका थियो । त्यहाँ उनलाई ‘१६ वर्षभन्दा कम उमेरको व्यक्तिलाई क्यारियर सर्भिसको उपयोग गरेर यौन क्रियाकलापमा संलग्न गराउन खोजेको’ आरोप लगाएको थियो ।

प्रहरीले उनलाई शुक्रबार पारामाटा अदालतमा उपस्थित गराएको थियो । त्यहाँ उनको जमानत अस्वीकार गरिएको थियो ।

न्यू साउथ वेल्स प्रहरीको ‘बाल शोषण तथा यौन अपराध टोली’ बालबालिका तथा किशोरकिशोरीसँग हुने हिंसा तथा अपराधका घटनाहरू अनुसन्धान गर्नका निमित्त तालिमप्राप्त विशेष टोली हो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  १० : ५० बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप