मेलबर्न स्टार्सको टिममा सन्दीपको पुनरागमन | Khabarhub Khabarhub

मेलबर्न स्टार्सको टिममा सन्दीपको पुनरागमन


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको बिग बास क्रिकेट लिग (बीबीएल) मा आज मेलबर्न डर्बीबीचको खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा शुरु हुने खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मेलबर्न रेनेगेड्सविरुद्ध खेलमा पुनरागमन गरेका छन् ।

मेबलन स्टार्सबाट बीबीएल खेलिरहेका सन्दीपले इन्जुरीका कारण अघिल्लो सिड्नी थन्डरविरुद्धको खेल गुमाएका थिए । यो खेलमा मेलबर्न ३ विकेटले विजयी भएको थियो ।

यो सिजनमा मेलबर्नको पहिलो रोजाईमा परिरहेका सन्दीपले अहिलेसम्म भएका ५ मध्ये ४ खेल खेलेका छन् । जसमा उनले तीन खेलमा विकेट लिएका छन् । सन्दीपले विकेट कम लिएपनि रनमा भने नियन्त्रण गरिरहेका छन् ।

मेलबर्न ५ खेलमा ४ खेलमा जीत हात पार्दै लिगको अंक तालिकामा शीर्ष स्थानमा छ ।

अघिल्लो सिजनको उपाधिका लागि पनि मेलबर्न डर्बी भिडेका थिए । उक्त खेलमा मेलबर्न स्टार्स रेनेगेड्ससँग १३ रनले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

स्टार्स आजको खेलमा अघिल्लो सिजनको फाइनलको हारको बदला लिने लक्ष्यमा रहेको छ । मेलबर्न स्टार्सले रेनेगेड्ससँग खेल्ने १३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  १२ : ३९ बजे

हिमपात हुँदा  किसान खुसी

मनाङ– मनाङका माथिल्लो भेगमा आंशिक हिमपात हुन थालेपछि  किसान खुसी

कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै

काठमाडौं– नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दैछ । अभियानको केन्द्रीय

‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा

मकवानपुर– हेटौँडा उपमहानगरपालिकाका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको

सोमबार हुने शान्ति वार्तामा इजरायली प्रतिनिधिमण्डल दोहा जाने

काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विरामका लागि वार्ता

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने