कुष्ठरोगको उपचार नहुँदा अपाङ्ग बन्दै रोगी « Khabarhub

कुष्ठरोगको उपचार नहुँदा अपाङ्ग बन्दै रोगी


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– कुष्ठरोगप्रतिको गलत दृष्टिकोणका कारण ढिलो उपचार हुँदा यो रोग लागेका बिरामी अङ्गभङ्ग भइरहेका छन् ।

समयमै उपचार गर्दा शरीरको कुनै पनि भाग नबिग्रने भए पनि उपचारका लागि बिरामी ढिलो अस्पताल पुग्दा बिरामी अङ्गभङ्ग हुने आनन्दवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताए । यो रोगको उपचारमा ढिलाइ गर्दा हातखुट्टामा लाटोपना (स्पर्श शक्ति नहुने) र औँला कमजोर र बाङ्गो हुन थाल्ने उनले बताए ।

“यो रोगको कीटाणु प्रवेश गरेपछि शुरुआती चरणमा दाग देखिने, हातखुट्टा झमझमाउनेलगायतका लक्षण देखिन्छ”, उनले भने, “रोगको शुरुआती चरणमा उपचार नथालेपछि पोलेको वा किला बिझेको समेत थाहा नपाउने हुँदै विस्तारै बिरामी हातले केही समाउनै नसक्ने र आफ्ना कामसमेत आफैँ गर्न नसक्ने हुन्छन् ।”

यो रोगलाई धर्मसँग जोडेर हेरिएका कारण बिरामी समयमा उपचारका लागि अस्पताल नपुग्ने गरेको पोखरेलले बताए । पहिलेपहिले यो रोगलाई कुष्ठी, कोर, महारोग वा सुनबैरी भन्ने गरिएको थियो ।

अझैसम्म ग्रामीण क्षेत्रमा यसलाई पूर्वजन्मको पाप, देवता लागेको वा नाग लागेको भन्ने विश्वास कायम रहेको अस्पतालले जनाएको छ । कतिपय व्यक्तिमा भने यो रोग सरुवा रोग भन्ने नबुझेर वंशाणुगत रोग भन्ने भ्रम रहेको उनले बताए । उनले भने, “अरु सरुवा रोगजस्तै कुष्ठरोगका कीटाणु शरीरमा प्रवेश गरेपछि मात्रै रोग लाग्छ भन्ने सबैलाई बुझाउन खाँचो छ ।”

सरकारले एक दशक पहिले कुष्ठरोग निवारणको घोषणा गरे पनि वर्षेनी नयाँ बिरामी फेला परिरहेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  २ : ३३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि