सम्भोग गर्नु कडा खालको व्यायाम जत्तिकै फाइदाजनक « Khabarhub

सम्भोग गर्नु कडा खालको व्यायाम जत्तिकै फाइदाजनक


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

यौन क्रियाकलाप सन्तुष्टिका लागि मात्र नभइ स्वास्थ्यका लागि समेत निकै फाइदाजनक रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार व्यायाम गर्दा शरीरलाई पुग्नजति नै फाइदा यौनसम्पर्कबाट पनि हुन जान्छ ।

सम्भोगका बेला एक सामान्य पुरुषले एक मिनेटमा ४.२ क्यालोरी तथा महिलाले ३.१ क्यालोरी उर्जा या शक्ती खपत गर्दछन् । लाइभ साइन्स मा छापिएको रिपोर्ट अनुसार यौन कार्य गर्दा मुटुको चाल, गति र उर्जाको खपत व्यायाम गरेबराबर नै हुने गरेको हो ।

अनुसन्धानकर्ता विलियम मास्टर तथा भर्जिनिया जोनसनले २१ जोडीमा यस्तो अध्ययन गरेका थिए ।

सम्भोगका बेला महिला पुरुषमा मुटुको धड्कद प्रति मिनेट १ सय ८० सम्म पुग्ने गरेको छ । जबकी सामान्य खालको व्यायामका बेला मुटेको धड्कन ८५ देखि ११९ प्रतिमिनेट सम्म मात्र पुग्ने गर्छ ।

सेक्सका बेला हुने उर्जा खपत नाप्नका लागि शोधकर्ताहरुले यौनजोडीको हातमा विशेष उपकरण आर्मब्याण्ड लगाइदिएका थिए । जसका आधारमा यो रिपोर्ट सार्वजनिक गरिएको थियो ।

अध्ययनमा संलग्न मानिसहरुलाई सेक्स गर्नुभन्दा पहिले एक महिनामा ४ पटक सम्म ३०-३० मिनेटको कडा व्यायाम गर्न लगाइएको थियो । त्यसपछि व्यायामका माध्यमबाट खपत हुने क्यालोरी तथा सम्भोगका बेला खपत हुने क्यालोरीबीच तुलना गरियो ।

एक जना पुरुषले एक पटकको सम्भोगमा औषतमा १०१ क्यालोरी उर्जा खपत गर्ने तथा महिलाले ६९ क्यालोरी उर्जा खपत गर्ने गरेका छन् । त्यसबाट शोधकर्ताहरुले निष्कर्ष निकाले की महिला र पुरुषले सम्भोग गर्दा कडा व्यायाम गरेजत्तिकै फाइदा उठाउँछन् ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ७ : २० बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा