पौडी खेल्न नदीमा पसेका दुई जना नेपालीको अस्ट्रेलियामा मृत्यु, एक जनाको अवस्था गम्भीर | Khabarhub Khabarhub

पौडी खेल्न नदीमा पसेका दुई जना नेपालीको अस्ट्रेलियामा मृत्यु, एक जनाको अवस्था गम्भीर


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलियामा दुई नेपालीको निधन भएको छ । सिड्नीको उत्तरी क्षेत्रमामा रहेको हर्नस्बीस्थित एक नदीमा पौडी खेल्न गएका दुई नेपालीको निधन भएको छ भने एक गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको प्रहरी लाई उद्धृत गर्दै अस्ट्रेलियाली समाचार संस्था सेभेन न्यूजले जनाएको छ ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार गत शुक्रबार राति साढे सात बजे बरारा न्यासनल पार्कस्थित नदीमा पौडी खेल्न गएका तीन जना बेपत्ता भएको खबरपाएसँगै आपतकालीन उद्धारकर्ताहरु खटिए ।

उद्धारकर्मीले तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उद्धार गरी हेलिकोप्टर मार्फत अस्पताल लगेका थिए । उद्धार गरिएका व्यक्ति प्रदिप पाण्डे भएको बताइएको छ ।

तर अन्य दुई जनाको अवस्था भने चार घन्टा पछि शव फेला परेको थियो । पौडी खेल्न गएका उनीहरु दलदलमा भासिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय सञ्चार माध्यमले आफन्तलाई उद्ध‌ृत गर्दै निधन हुनेमा रोशन छत्कुली र विशाल सेढाई तथा घाइते हुने प्रदीप पाण्डे रहेको उल्लेख गरेका छन् ।

स्थानी सञ्चारमाध्यमहरुका अनुसार उनीहरु क्याम्पिंङका लागि स्थानीय बरोअरा नेशनल पार्कमा गएका थिए । पौडी खेल्न गएकाहरु हराएपछि शुक्रवार राति साढे सात बजे आपतकालीन सेवामा खबर गरिएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ५ : ४८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल