ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने « Khabarhub

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न अमेरिका भ्रमण गर्ने बेइजिङले सोमबार पुष्टि गरेको छ । सरकारी विज्ञप्तिअनुसार उनी बुधबार अमेरिका पुगेर शुक्रबारसम्म त्यहाँ रहनेछन् । अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले बुधबार जोइन्ट बेस एन्ड्र्युजमा राष्ट्रपति सीलाई स्वागत गर्नेछन् । त्यसको भोलिपल्ट दुई नेताबीच भेटवार्ता हुनेछ ।

“म उहाँसँग लगभग सबै विषयमा छलफल गर्नेछु”, राष्ट्रपति ट्रम्पले आइतबार पत्रकारहरूसँग भनेका थिए । विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी व्यापार तनाव भेटवार्ताको प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ । दुवै पक्षले करिब एक वर्षदेखि व्यापार युद्धमा अस्थायी युद्धविराम कायम राखे पनि स्थायी सम्झौता हुन सकेको छैन ।

व्यापारसँगै प्रविधि, कृत्रिम बौद्धिकता र आपूर्ति शृङ्खलाका विषयमा पनि छलफल हुने बताइएको छ । यसैबीच, चीनका उपप्रधानमन्त्री तथा व्यापारसम्बन्धी प्रमुख वार्ताकार हे लिफेङ अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग वार्ता गर्न अमेरिकामै छन्। उनीहरूबीच आइतबार भएको वार्तामा एआईसम्बन्धी विषयमा सञ्चार संयन्त्र स्थापना गर्नेबारे छलफल भएको अमेरिकी पक्षले जनाएको छ ।

व्यापार र प्रविधिसँगै ताइवानसम्बन्धी विषयमा पनि दुई नेताबीच विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ । यस बाहेक राष्ट्रपति ट्रम्पको इरानसँगको युद्ध र चीन–इरान सम्बन्धले पनि अमेरिका–चीन सम्बन्धमा थप जटिलता ल्याएको छ । दुवै देशबीच विभिन्न विषयमा मतभेद रहे पनि शीर्ष नेतृत्वको प्रत्यक्ष संवादबाट तनाव व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : ०६ बजे

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका