घुस लिँदालिँदै समातिए कार्यालय प्रमुख, दुई इञ्जिनियर पनि समातिए | Khabarhub Khabarhub

घुस लिँदालिँदै समातिए कार्यालय प्रमुख, दुई इञ्जिनियर पनि समातिए


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य आम जस्तै छ ।

पैसा नखुवाइ कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकैरुपमा रहेको सडक डिभिजन कार्यालय लाहान, सिराहाका इञ्जिनीयरसहितका कर्मचारी पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद साह सेवाग्राहीसँग रु तीन लाख घुस लिँदालिँदै पक्राउ परेको छन् ।

इञ्जिनीयर नवीनकुमार साह र सवइञ्जिनीयर वीरेन्द्रकुमार साहलाई रु १५ लाख ९६ हजार घुससहित पक्राउ गरेको छ ।

कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीवासबाट गएको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो ।

आयोगले उनीहरुलाई कार्यालय परिसरबाट शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धानपछि आज सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ९ : ०५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको