कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिमुक्त बनाउनुपर्छ : मुख्यमन्त्री शाही « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिमुक्त बनाउनुपर्छ : मुख्यमन्त्री शाही


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नवनियुक्त शिक्षाध्यक्ष एवं अस्पतालका निर्देशकले भेट गरि प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी गराएका छन् ।

प्रतिष्ठानका शिक्षाअध्यक्ष प्रा डा.निरेश थापा र अस्पताल निर्देशक प्रा डा.मंगल रावलले आज भेट गरी प्रतिष्ठानलाई थप सहयोग गर्न मुख्यमन्त्री शाहीसँग आग्रह गरे ।

सो अवसरमा मुख्यमन्त्री शाहीले यहाँको वास्तविकतामा रहेर प्रतिष्ठानले काम गर्नुपर्ने बताए ।

उनले भने “प्रतिष्ठानलाई राजनीतिबाट मुक्त गर्नुपर्छ । यहाँका १० वटै जिल्लामा स्वास्थ्य जनशक्तिको अभाव छ । प्रतिष्ठानले प्रदेशभरि सेवा विस्तारगरी त्यसलाई प्रभावकारी बनाउँदै लैजानुपर्दछ । ” प्रदेश सरकारले प्रतिष्ठानको विकासमा समन्वय, सहजीकरण र आवश्यकतामा सम्पूर्ण सहयोग गर्ने जानकारी समेत दिए ।

शिक्षाध्यक्ष डा.थापाले प्रतिष्ठानको शैक्षिक क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा अघि बढ्ने बताए । प्रतिष्ठानको पुस १४ सातौं सिनेट बैठकले शैक्षिक कार्यक्रमहरु एमबीबिएस, एमडीजिपी जनरल प्राक्टिक्स, एमएस अर्थोपेडिक्स, एमडि ईन एनेस्थियोलोजी, एमडी एण्ड पेड्रियाडिक्स, एमडी गाईनोकोलोजी, एमएसी ईपिडिमियोलोजी, ब्याचलर इन न्यूट्रिसन र फार्मेसी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अस्पताल निर्देशक डा.रावलले प्रतिष्ठानको विकासबाट कर्णालीको विद्यमान स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउने बताए ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ८ : ३३ बजे

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

महासंघको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनबाट ढकालको उम्मेदवारी  

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत

बजारमा आउन थाल्यो खर्बुजा (तस्बिरहरू)

काठमाडौं– खर्बुजाको सिजन सुरु भएसँगै अहिले बजारमा खर्बुजा आउन थालेको