कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिमुक्त बनाउनुपर्छ : मुख्यमन्त्री शाही « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिमुक्त बनाउनुपर्छ : मुख्यमन्त्री शाही


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नवनियुक्त शिक्षाध्यक्ष एवं अस्पतालका निर्देशकले भेट गरि प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी गराएका छन् ।

प्रतिष्ठानका शिक्षाअध्यक्ष प्रा डा.निरेश थापा र अस्पताल निर्देशक प्रा डा.मंगल रावलले आज भेट गरी प्रतिष्ठानलाई थप सहयोग गर्न मुख्यमन्त्री शाहीसँग आग्रह गरे ।

सो अवसरमा मुख्यमन्त्री शाहीले यहाँको वास्तविकतामा रहेर प्रतिष्ठानले काम गर्नुपर्ने बताए ।

उनले भने “प्रतिष्ठानलाई राजनीतिबाट मुक्त गर्नुपर्छ । यहाँका १० वटै जिल्लामा स्वास्थ्य जनशक्तिको अभाव छ । प्रतिष्ठानले प्रदेशभरि सेवा विस्तारगरी त्यसलाई प्रभावकारी बनाउँदै लैजानुपर्दछ । ” प्रदेश सरकारले प्रतिष्ठानको विकासमा समन्वय, सहजीकरण र आवश्यकतामा सम्पूर्ण सहयोग गर्ने जानकारी समेत दिए ।

शिक्षाध्यक्ष डा.थापाले प्रतिष्ठानको शैक्षिक क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा अघि बढ्ने बताए । प्रतिष्ठानको पुस १४ सातौं सिनेट बैठकले शैक्षिक कार्यक्रमहरु एमबीबिएस, एमडीजिपी जनरल प्राक्टिक्स, एमएस अर्थोपेडिक्स, एमडि ईन एनेस्थियोलोजी, एमडी एण्ड पेड्रियाडिक्स, एमडी गाईनोकोलोजी, एमएसी ईपिडिमियोलोजी, ब्याचलर इन न्यूट्रिसन र फार्मेसी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अस्पताल निर्देशक डा.रावलले प्रतिष्ठानको विकासबाट कर्णालीको विद्यमान स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउने बताए ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ८ : ३३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा