लेभान्तेलाई हराउँदै एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लियो « Khabarhub

लेभान्तेलाई हराउँदै एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लियो


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा जित हात पार्दै एट्लेटिको मड्रिडले लिगको तेस्रो स्थानमा उक्लिएको छ । मड्रिडले लेभान्तेमाथि २–१ गोल अन्तरको जित निकालेको छ ।

खेलको १३ औं मिनेटमा एन्जिल कोरियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रोजर मार्टीले खेल बराबरीमा ल्याए ।

त्यसको दुई मिनेटपछि डिफेन्डर फिलिपले हेडमार्फत गोल गर्दै मड्रिडको जित सुनिश्चित गरेका थिए ।

थप गोल नभएपछि एट्लेटिकोले तीन अंक बटुल्न सफल रह्यो । जितसंगै एट्लेटिको ३५ अंक पुगेको छ । सेभिल्लाको समेत समान ३५ अंक छ । तर गोल अन्तरका आधारमा एट्लेटिको माथि रह्यो । लेभान्ते २६ अंक सहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ७ : १९ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक